September 26, 2025
सुनसरीमा ३४० किलो गाँजा सहित कार नियन्त्रण
विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित सडक छेउबाट प्रहरीले ३ सय ४० किलोग्राम लागू औषध गाँजा सहित एक कार नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको गस्ती टोलीले शुक्रबार राति करिब १ः४० बजे BR11BR 7102 नम्बरको कारलाई संदेहका आधारमा जाँच गर्दा प्लास्टिकमा पोको पारेर राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।
कार सडक किनारामा वेवासित अवस्थामा भेटिएको र उक्त कारभित्र ३ सय ४० किलोग्राम गाँजा बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
घटनापछि गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरुको खोजी तथा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।