September 22, 2025
सुनको मूल्य अहिलेसम्मकै उच्च
विराटनगर। सुनको मूल्य नेपाली बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार प्रतितोला दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएकोमा आज थप ७०० रुपैयाँले वृद्धि भई प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँमा निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला २ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३ हजार ६९१ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
लगातार बढ्दो मूल्यसँगै आभूषण व्यवसायी र उपभोक्ता दुवै प्रभावित बनेका छन् । विशेषज्ञहरूले सुनमा भइरहेको वृद्धिलाई अन्तर्राष्ट्रिय बजारमा देखिएको अस्थिरता र सुरक्षित लगानीतर्फ बढ्दो आकर्षणसँग जोडेर व्याख्या गरेका छन् ।