नवनियुक्त चार मन्त्रीले शपथ ग्रहण
विराटनगर। राष्ट्रपति निवास शीतलनिवासमा सोमबार आयोजित विशेष समारोहमा चार नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुन, पत्रकार जगदिश खरेल र विज्ञ मदन परियारलाई शपथ गराए।
सिन्हाले उद्योग, कानुन तथा भूमि व्यवस्थापन मन्त्रालयको जिम्मेवारी पाएका छन्। पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र परियारलाई कृषि मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
यसअघि अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता कौशल मिश्राको नाम पनि मन्त्रीका लागि सिफारिस गरिएको भएपनि अन्तिम क्षणमा उनको नाम ‘होल्ड’ गरिएको छ।
प्रधानमन्त्री सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन्। उनीसहित अब आठ सदस्यीय मन्त्रिपरिषद् बनेको छ।
शपथग्रहण समारोहमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानमन्त्री कार्की लगायत उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति थियो।