बुद्ध एयरले कोलकातामा नियमित उडान पुनः सुरु गर्ने

विराटनगर । निजी वायुसेवा कम्पनी बुद्ध एयरले भारतीय सहर कोलकातामा नियमित उडान पुनः सुरु गर्ने भएको छ।

कम्पनीका अनुसार आगामी १९ अक्टोबर (२ कात्तिक) देखि काठमाडौं–कोलकाता रुटमा नियमित उडान सञ्चालन हुने छ। यसअघि बुद्ध एयरले २०७६ साल जेठ १३ (२७ मे २०१९) मा पहिलोपटक कोलकातामा उडान गरेको थियो तर निरन्तरता दिइएको थिएन।

पुनः सञ्चालन हुने उडानका लागि टिकट बुकिङ खुलाइएको कम्पनीले जनाएको छ।

काठमाडौंदेखि कोलकाता उडानको अवधि करिब १ घण्टा ३० मिनेट हुनेछ।
बुद्ध एयरले यो रुटमा साप्ताहिक तीन दिन – आइतबार, मंगलबार र बिहीबार उडान गर्ने गरी तालिका बनाएको छ।

नेपाल र कोलकाताबीच व्यापारिक सम्बन्ध रहँदै आएको हुँदा यो रुटलाई यात्रुका लागि उपयोगी हुने विश्वास बुद्ध एयरले गरेको छ।

Add a Comment