शिवपुरीमा श्रीमतीको हत्या, पति नियन्त्रणमा

शिवपुरी गाउँपालिका–७ मा एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ जीतमान तामाङले घरायसी विवादका क्रममा ४९ वर्षीया श्रीमती सविनालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

प्रहरीका अनुसार घटनास्थलमै सविनाको मृत्यु भएको हो। घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रहरीले तत्कालै घटना स्थलमा पुगेर अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

अभियुक्तले आवेशमा आएर श्रीमतीको हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।

Add a Comment