October 9, 2025
माइतीघरबाट निकोलस भुसाल पक्राउ
विराटनगर । राजधानीको माइतीघरबाट बिहीबार प्रहरीले निकोलस भुसाललाई नियन्त्रणमा लिएको छ। प्रदर्शनका लागि माइतीघर पुगेका भुसाललाई प्रहरीले पक्राउ गरेको हो।
आज माइतीघर क्षेत्रमा प्रदर्शनका लागि आउने व्यक्तिहरूलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ। सोही क्रममा यसअघि एसपी साह नामका युवकलाई पनि प्रहरीले पक्राउ गरेको थियो।
संभावित सुरक्षा जोखिमलाई ध्यानमा राख्दै माइतीघर मण्डलामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको प्रहरीले जनाएको छ।