गाजामा हमासको नियन्त्रणमा रहेका जीवित बन्धकको सूचीमा नेपाली युवक विपिन जोशीको नाम

बिराटनगर। गाजामा हमासले नियन्त्रणमा राखेका जीवित बन्धकहरूको नयाँ सूची सार्वजनिक गरिएको छ, जसमा नेपालका विपिन जोशीको नाम पनि समेटिएको छ।

हमास र इजरायलबीचको युद्धविराम योजनाको पहिलो चरणअन्तर्गत सोमबार बन्धकहरूलाई रिहा गर्ने तयारी भइरहेको छ। सोही क्रममा सार्वजनिक गरिएको बन्धक सूचीमा विपिन जोशीको नाम पनि रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम द वाशिङ्टन पोस्टले उल्लेख गरेको छ।

यसअघि सीएनएनले सार्वजनिक गरेको सूचीमा विपिनको अवस्था “अज्ञात” रहेको बताइएको थियो। तर पछिल्ला विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भने विपिन जीवित रहेको पुष्टि गरेका छन्।

विपिन जोशी गत वर्ष अक्टोबरमा इजरायलमा अध्ययनरत रहँदा हमासको आक्रमणपछि बेपत्ता भएका थिए। नेपाल सरकारले पनि निरन्तर रुपमा विपिनको अवस्थाबारे जानकारी लिने प्रयास गर्दै आएको छ।

Add a Comment