October 12, 2025
साताको सुरुवातमै सुनचाँदीको मूल्यमा वृद्धि
विराटनगर। साताको सुरुवातसँगै नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्यमा वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर दुई लाख ३८ हजार रुपैयाँ पुगेको छ। यसअघि सुनको मूल्य दुई लाख ३५ हजार रुपैयाँमा कारोबार हुँदै आएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर तीन हजार १२५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ। यसअघि चाँदी प्रतितोला तीन हजार ८५ रुपैयाँमा कारोबार भएको थियो।
सुनचाँदीको मूल्यमा देखिएको यो वृद्धि अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावसँगै देशको आन्तरिक बजारमा पनि प्रभाव पारेको व्यवसायीहरूको भनाइ छ।