कपनमा मोटरसाइकल पोलमा ठोक्किँदा युवकको मृत्यु

विराटनगर। काठमाडौंको कपनमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीका अनुसार सोलुखुम्बु घर भई हाल कपनमा बस्दै आएका २५ वर्षीय पासाङ मिङ्मा शेर्पाको मृत्यु भएको हो।

गए राति कपन पैयुटार पानी फ्याक्ट्री नजिकको सडकखण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि काठमाडौं मेडिकल कलेजमा लगिएको थियो, तर उपचारका क्रममा आज बिहान उनको मृत्यु भएको प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

Add a Comment