आजको राशिफल
मेष : दिन सामान्य छ । खर्च बढ्नेछ । आफूले गरेका काममा पश्चाताप हुनेछ । शत्रु बढ्ने दिन छ । परिवारमा विश्वास गुम्न सक्छ । थोरै बेलेर अघि बढ्नु उपयुक्त हुन्छ ।
वृष : तपाईंका लागि आजको दिन सामान्य छ । परिवारमा कामको बोझ थपिनेछ । अनावश्यक खर्च बढ्नेछ । स्वास्थ्यले साथ दिए पनि काममा आलोचनाको सामना गर्नुपर्ने दिन छ ।
मिथुन : दिन राम्रो छ । बोलीका कारण काम बन्नेछन् । शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ । परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ ।
कर्कट : सोचेर बोल्नुपर्ने दिन छ । परिवारभित्र खर्च बढ्नेछ । एउटै काम पटकपटक गर्नुपर्ने बाध्यता हुनसक्छ। शत्रु बढ्ने दिन छ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।
सिंह : दिन सामान्य छ । शिक्षामा मिहिनेत गर्नुपर्ने देखिन्छ । व्यापार व्यवसायमा घाटा हुनेछ । गोप्य तरिकाले गरेको कामबाट लाभ मिल्नेछ । योजना सार्वजनिक नगरी कार्यान्वयनमा अगाडि बढ्नु उचित हुन्छ ।
कन्या : दिन राम्रो छ । व्यापार व्यवसायमा फाइदा हुनेछ । शिक्षा, स्वास्थ्यमा सुधारका संकेत देखिनेछन् । पारिवारिक र सामाजिक क्षेत्रमा मानप्रतिष्ठा बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।
तुला : दिन सामान्य राम्रो छ । धर्मकर्ममा मन जानेछ । साथीभाइसँग भेट हुनेछ । मान प्रतिष्ठा बढ्नेछ । सामाजिक क्षेत्रमा तपाईंको सम्मान बढ्नेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ ।
वृश्चिक : दिन राम्रो छ । डुब्न लागेको धन उठ्ने दिन रहेको छ । सामाजिक र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच बढ्नेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या आउन सक्छ ।
धनु : दिन सामान्य छ । तपार्इंले गरेको कामको जस अरुले लिनेछन् । राजनीतिमा वितृष्णा बढ्नेछ । परिवारको साथ मिल्नेछ । स्वास्थ्यमा भने सुधारका संकेत देखिनेछन् ।
मकर : दिन राम्रो छ । सोचेको काम बन्दा मन प्रशन्न बन्नेछ । राजनीति र सामाजिक क्षेत्रमा मन जानेछ । रमाइलो घुमघामको योजना बन्ने योग छ । मनमा नयाँ अनुभव प्राप्त हुनेछन् ।
कुम्भ : दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति हात लाग्ने छ । पठनपाठनमा मन जानेछ । स्वास्थ्यमा सुधार हुनेछ । पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहने छ ।
मीन : दिन राम्रो छ । मानसिक तनाव बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ । बौद्धिक व्यक्तिसँग भेट गरेमा फाइदा हुनेछ ।
