सुनवर्षीमा पहिलो साइकल रेस प्रतियोगिता हुँदै

सरिता कर्मकार
मोरङ, सुनवर्षी । मोरङको सुनवर्षी नगरपालिका–३ भेलाईमा प्रथम सुनवर्षी साइकल रेस प्रतियोगिता आयोजना हुने भएको छ।

यो प्रतियोगिता ‘जिवन जमिन समाज’ द्वारा आयोजना गरिँदैछ। प्रतियोगिता कार्तिक २२ गते (शनिबार) बिहान १० बजेबाट सुरु हुनेछ। करिब १२.७ किलोमिटर दूरीको रेस भेलाईको खेलकुद मैदानबाट सुरु भएर पिपलचोक – अमरदह – सुगा बजार – बभनाडोभ – सुनवर्षी मन्दिर हुँदै पुनः भेलाई मैदानमा सम्पन्न हुनेछ।

प्रतियोगितामा १४ देखि २५ वर्ष उमेर समूहका युवाहरू सहभागी हुन सक्नेछन्। सहभागिता शुल्क १०० रुपैयाँ तोकिएको छ भने महिलाहरूका लागि निशुल्क सहभागिता व्यवस्था गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार महिलाहरूको सहभागिता प्रोत्साहन गर्नका लागि निशुल्क गरिएको हो।

रेसमा प्रथम हुनेलाई ५,००० रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र,
दोस्रो हुनेलाई २,००० रुपैयाँ नगद र प्रमाणपत्र,
तेस्रो हुनेलाई १,००० रुपैयाँ नगद, प्रमाणपत्र र मेडल प्रदान गरिनेछ। उत्कृष्ट महिला प्रतिस्पर्धीलाई पुरस्कार प्रदान गरिने छ।

Add a Comment