November 8, 2025
नेता मोहम्मद अफताब आलमको निधन
विराटनगर । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको निधन भएको छ। उनको निधन शुक्रबार राति करिब ३ बजे काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आलमको शव अन्तिम संस्कारका लागि परिवारले रौतहटको राजपुरतर्फ लगिसकेको छ।
मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। पछिल्लो समयमा उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
गत जेठमा नक्खु कारागारबाट रिहा भएपछि उनलाई ब्रेन स्ट्रोकसमेत भएको थियो। लामो समयदेखि अस्वस्थ रहेका आलमको निधनसँगै नेपाली कांग्रेसले एक अनुभवी नेताको क्षति व्यहोरेको छ।
