November 9, 2025
सुन्धारा कारागारबाट फरार कैदी शुभराज पन्त पक्राउ
बिराटनगर । जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट फरार भएका एक कैदी पक्राउ परेका छन्।
पक्राउ पर्ने व्यक्ति शुभराज पन्त भएको प्रहरीले जनाएको छ। उनलाई प्रहरी प्रभाग बलम्बुबाट खटिएको टोलीले चन्द्रागिरी क्षेत्रबाट पक्राउ गरेको हो।
फरार पन्तलाई पक्राउ गरी पुनः कारागार पठाइएको काठमाडौं प्रहरीले जनाएको छ।
