नेकपा एमालेको ‘घर फर्क राष्ट्रिय अभियान’ सुरु, रामकुमारी झाँक्रीसहितका नेता पुनः एमालेमा फर्किए
बिराटनगर । नेकपा (एमाले)ले ‘घर फर्क राष्ट्रिय अभियान’ औपचारिक रूपमा सुरु गरेको छ । पार्टी छोडेर विभिन्न समयमा अन्य दलमा गएका नेता तथा कार्यकर्तालाई पुनः स्वागत गर्न सोमबार एमालेले राजधानीमा विशेष कार्यक्रमको आयोजना गरेको हो।
राष्ट्रियसभा गृहमा आयोजित उक्त कार्यक्रममा विघटित नेकपा (एकीकृत समाजवादी) का प्रमुख नेता तथा पूर्वमन्त्री रामकुमारी झाँक्री, किसान श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिम्सिनालगायतका नेता र कार्यकर्ताले एमालेमा पुनः फर्कने घोषणा गरेका छन्।
चार वर्षपछि मूलघर फर्किएका यी नेताहरू २०७९ भदौमा एमाले विभाजनपछि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पक्षमा लागेका थिए।
कार्यक्रममा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई खादा र माला लगाएर स्वागत गरेका थिए। ओलीले फर्किएका नेताहरूलाई पार्टीको झण्डा समेत प्रदान गर्दै “घर फर्कने यो लहर निरन्तर चल्ने” बताएका छन्।
एमालेले ‘घर फर्क राष्ट्रिय अभियान’ मार्फत देशभर पार्टी एकता सुदृढ गर्ने र पूर्वका सबै कार्यकर्तालाई पुनः सक्रिय बनाउने योजना बनाएको जनाएको छ।
