December 16, 2025
पर्सामा १७६ किलो गाँजा बरामद, केही व्यक्ति पक्राउ
बिराटनगर । जिल्ला प्रहरी कार्यालय पर्साले ठूलो मात्रामा गाँजा बरामद गरेको छ।
प्रहरीले पर्सा जिल्लामा गरिएको कारबाहीका क्रममा १७६ किलोग्राम गाँजा फेला पारेको हो। गाँजा बोकेको एक गाडी सहित केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
घटनासम्बन्धी थप विवरण भने हालसम्म सार्वजनिक गरिएको छैन। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार यसबारे आज अपराह्न ३ बजेपछि पत्रकार सम्मेलनमार्फत विस्तृत जानकारी दिइनेछ।
