विराटनगरमा स्पिटिङ कोब्रा फेला, उद्धारकर्तामाथि विषको प्रहार

विराटनगर । विराटनगरमा विष फाल्ने खतरनाक प्रजातिको सर्प स्पिटिङ कोब्रा फेला परेको छ । विराटनगर महानगरपालिका–४ मा अवस्थित नोबेल अस्पताल पछाडि डा. सुनील शर्माको निवासमा उक्त कोब्रा फेला परेको हो । उक्त सर्पलाई मंगलबार अपराह्न नियन्त्रणमा लिएर जिल्ला वन कार्यालय, मोरङमा पठाइएको महानगरपालिकाले जनाएको छ । उद्धारको क्रममा सर्पले विष फाल्दा उद्धारकर्ताको शरीरमा विष लागेको

विराटनगरमा गणतन्त्र दिवसको अवसरमा भव्य कन्सर्टको आयोजना हुने

विराटनगर/ कोशी प्रदेश सरकार अन्तर्गत गणतन्त्र दिवस मुल समारोह समिति र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा आगामी गणतन्त्र दिवसको अवसरमा विराटनगरमा विशेष सांस्कृतिक कन्सर्टको आयोजना हुने भएको छ। गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने उद्देश्यसहित यो कार्यक्रम आयोजना गर्न लागिएको हो। प्रदेश सरकारले विशेषगरी किशोर, किशोरी तथा युवापुस्तालाई लक्षित गर्दै गणतन्त्रप्रतिको सकारात्मक सोच र

सामुदायिक कुकुरको बन्ध्याकरणमा सहाराको गम्भीर लापरबाही

विराटनगर / सहारा एनिमल केयर सेन्टर विराटनगरले सामुदायिक कुकुरको बन्ध्याकरण गर्दा गम्भीर लापरबाही गर्ने गरेको पाइएको छ । बन्ध्याकरण गरेको कुकुरलाई पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म राख्नुपर्नेमा २–३ घन्टामै छाड्ने गरेको पाइएको छ । बन्ध्याकरणपछि पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म आइसोलेटमा राख्नुपर्ने, मासुलगायतका पोषिलो खानेकुरा खुवाउनुपर्नेमा त्यस नगरेको पाइएको विराटनगर महानगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख शुभनारायण

गायक रोहित थापा मगरको नयाँ गीत ‘कुरिरहेछु’ सार्वजनिक

विराटनगर/ गायक रोहित थापा मगरको नयाँ गीत ‘कुरिरहेछु’ सार्वजनिक भएको छ। प्रेमिल शब्दहरुले भरिएको यो गीतको भिडियो रोहित थापा मगरको अफिसियल युट्य़ूब च्यानल मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक यो गीतमा रोहित थापाकै शब्दररचना तथा स्वर समावेश छ। गीतको भिडियोमा पनि रोहितलाई नै देख्न सकिन्छ। उनि प्रेमको सागरमा डुबेर गीत गाउदै गरेको देख्न सकिन्छ। नेत्र बहादुर

आफ्नै कीर्तिमान तोड्दै कामीरिता शेर्पा

काठमाडौं। आफ्नै कीर्तिमान तोड्दै कामीरिता शेर्पा मंगलबार बिहान ३१ औं पटक सर्वोच्च शिखरमा पुगेका छन्। सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाका अनुसार आज बिहान करिब ४ बजे कामीरिताले यो कीर्तिमानी आरोहण गरेका हुन्। २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका उनी सगरमाथा चुचरोतिर लागेका थिए। उनी बुधबार सगरमाथा आधार शिविर झर्ने छन्। अघिल्लो

पूर्वी नवलपरासीमा मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक गम्भीर घाइते

काठमाडौं / पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ स्थित अम्रसा भन्ने स्थानमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। अम्रसा गाउँबाट चोरमारातर्फ गइरहेको लु ९ प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ। उक्त मोटरसाइकलमा तीन जना सवार थिए। दुर्घटनामा

विराटनगरबाट पठाइएको कार्गो च्यातिएको अवस्थामा काठमाडौँ पुग्यो, सेवाग्राहीको गुनासो

विराटनगर / यति एयरलाइन्समार्फत विराटनगरबाट काठमाडौँ पठाइएको कार्गो चोरी गर्ने उद्देश्यले च्यातिएको अवस्थामा पुगेको भन्दै एक सेवाग्राहीले गम्भीर आरोप लगाएका छन्। नेपाल सरकारका पूर्व उपसचिव प्रेमप्रसाद सञ्जेलले करिब ५० हजार रुपैयाँ बराबरको औषधी, लत्ताकपडा र अन्य उपभोग्य सामग्री समेटिएको दुईवटा कार्टुन काठमाडौँ पठाएका थिए। ती सामग्री तारले कसेर सुरक्षित रूपमा प्याक गरिएको भए पनि काठमाडौँमा

लागुऔषध सहित ६ जना पक्राउ

बिराटनगर/ मोरङ, उदयपुर, सुनसरी र धनकुटाका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई विशेष निगरानी तथा चेकजाँचका क्रममा नियन्त्रणमा लिएको हो। जेठ ११ गते मोरङको बिराटनगर-१५ स्थित लागुऔषध नियन्त्रण ब्युरो, बिराटनगरबाट खटिएको प्रहरी टोलीले धनकुटाको शहिदभूमि गाउँपालिका–२ निवासी ३४ वर्षीय रमन राईलाई ४ ग्राम ७०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।

खाना पकाउने ग्यास चुहावट भई आगलागी हुँदा दिदीभाइको मृत्यु

विराटनगर। खाना पकाउने ग्यास चुहावट भएर आगलागी हुँदा कपिलवस्तुमा दिदीभाइको मृत्यु भएको छ। शुद्धोदन गाउँपालिकाको जयनगरमा १८ वर्षीय सोनम यादव र उनका भाइ शिवकुमार यादवको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। आइतबार साँझ भएको घटनापछि सोनमको उपचारका क्रममा मृत्यु भएको हो। शिवकुमारको उपचारका लागि अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

‘नरसिंहा अवतार’ आज कोशी प्रदेश यात्रामा – कलाकारसँग प्रत्यक्ष भेटघाटको अवसर

विराटनगर/ प्रदर्शनको चौथो दिनमै देशव्यापी चर्चा कमाउन सफल नेपाली सिनेमा ‘नरसिंहा अवतार’ अब पूर्वी नेपालतर्फको यात्रामा निस्केका छन् । राजधानीका हलहरूमा उल्लेखनीय सफलता प्राप्त गरिरहेको यो सिनेमा अब कोशी प्रदेशका पाँच प्रमुख शहरहरू – विराटनगर, इटहरी, धरान, दमक र विर्तामोड का दर्शकमाझ प्रत्यक्ष रूपमै पुग्नेछ। जेठ १२ गते सोमबार, सिनेमाका प्रमुख कलाकार र निर्माण टिमको