पोखरामा बस दुर्घटना, २३ जना घाइते

विराटनगर । पोखरा महानगरपालिका–१३ मा सोमबार ग १ ख ४०२७ नम्बरको बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। आर्बाबाट महेन्द्रपुलतर्फ आउँदै गरेको बस ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइते भएकामध्ये १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ भने १० जनाको उपचार भइरहेको छ। तिनीहरूमध्ये ४ जनाको अवस्था

रतुवामाईमा आगलागी, तीन पसल जलेर नष्ट

विराटनगर। मोरङको रतुवामाई नगरपालिका–६ सौठा चोकमा सोमबार बिहान आगलागी हुँदा तीन वटा पसल जलेर पूर्णरुपमा नष्ट भएका छन्। बिहान करिब ६ बजे खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता कोपिला चुडालले जानकारी दिइन्। आगलागीबाट स्थानीय टिका खनालले सञ्चालन गरेको चिया पसल तथा सूर्यमान श्रेष्ठले सञ्चालन गर्दै आएको चस्मा र किराना

आज यी स्थानमा भारी वर्षाको सम्भावना

विराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभर सामान्यतया बदली रहने जनाएको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानहरूमा मध्यम वर्षा हुने र एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ। महाशाखाका अनुसार, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेको र मनसुनको न्यूनचापीय

दर खाने दिनसँगै तीजको रौनक सुरु

विराटनगर।हरितालिका तीजको अघिल्लो दिन मानिने दर खाने दिन सोमबार देशभर धूमधामका साथ मनाइँदैछ। परिवार, इष्टमित्र र छिमेकी भेला भई विभिन्न परिकार बनाएर खाने, रमाइलो गर्ने चलन यस दिनसँग जोडिएको छ। तीजको मुख्य दिनमा महिलाले निराहार व्रत बसेर भगवान शिवको पूजा गर्ने भएकाले त्यसको आडका लागि अघिल्लो दिन पौष्टिक खानेकुरा खाने परम्परा रहिआएको हो। तीज पर्व

सञ्चार विधेयकविरुद्ध नेपाल प्रेस युनियनको उल्टो जुलुस

विराटनगर । कोसी प्रदेश सरकारले सदनमा पेस गरेको सञ्चार विधेयकको विरोधमा नेपाल प्रेस युनियनले आइतबार उल्टो जुलुस निकालेको छ। प्रदेशसभानजिकै देवकोटा चोकबाट सुरु भएको जुलुस मोरङ कारागार नजिकैको हाट खोलासम्म पुगेको थियो। युनियनमा आबद्ध पत्रकारहरूले विधेयक पत्रकारमाथि दमन गर्ने खालको रहेको भन्दै विरोध जनाएका थिए। नेपाल प्रेस युनियनका अध्यक्ष मिना कुमार नवोदित पत्रकारलाई दण्ड, सजाय

रौतहटमा सुटकेसभित्र महिलाको शव फेला

विराटनगर। रौतहटमा एक महिलाको शव सुटकेसभित्र फेला परेको छ। मधेस प्रदेश प्रहरी प्रमुख एवं डीआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार मृतक गौर नगरपालिका–२ महादेवपट्टी डेरामा बस्दै आएकी करिब २६ वर्षीया रुवी शाह सुडी हुन्। रुवीको शव गौर–९ स्थित सिरसिया सडकखण्डमा सुटकेसभित्र ‘प्याक’ गरी राखिएको अवस्थामा भेटिएको हो। शव कुहिनो र घुँडा जोडेर डोरीले बाँधिएको अवस्थामा फेला परेको

स्थानीय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि

विराटनगर । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ हजार ३०० रुपैयाँ र चाँदी तोलामा ४० रुपैयाँले बढेको हो। सुनको मूल्य तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ पुग्दा चाँदी तोलामा २ हजार ३५० रुपैयाँमा किनबेच भइरहेको छ। यसअघि शुक्रबार सुन तोलामा १ लाख ९५ हजार २००

विराटनगरमा श्री राणी सती महोत्सव सम्पन्न

विराटनगर ।विराटनगरमा दुई दिने श्री राणी सती महोत्सव भव्य रूपमा सम्पन्न भएको छ। महोत्सव शुक्रबार र शनिबार विराटनगरको अतिथि सदनमा आयोजना गरिएको हो। श्री राणी सती महोत्सव आयोजक समितिका अनुसार महोत्सवमा ३ हजारभन्दा बढी भक्तजनको उपस्थिति रहेको थियो। अवलोकन गर्नेमा महिलाको सहभागिता उल्लेख्य देखिएको थियो। महोत्सवको शुभारम्भ शुक्रबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गरेका

झापामा करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर । झापाको कनकाई नगरपालिकामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । कनकाई नगरपालिका–१, खहरे खोलाका ३७ वर्षीय पंकज माझीले शनिबार (भदौ ७) बिहान करिब ८ः३० बजे बिजुलीको खम्बाबाट करेन्ट लगाई माछा मार्ने क्रममा ज्यान गुमाएका हुन् । घटनाबारे जानकारी प्राप्त हुनासाथ अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन टोली खटिएको इलाका प्रहरी कार्यालय अनारमनीका

चितवनमा स्क्रब टाइफसबाट एक महिलाको मृत्यु, ७३ जनामा सङ्क्रमण पुष्टि

विराटनगर । चितवनमा स्क्रब टाइफसका कारण एक महिलाको मृत्यु भएको छ। शनिबार (भदौ ७ गते) भरतपुर अस्पतालमा उपचारका क्रममा बर्दघाट नगरपालिका–१३ निवासी ३६ वर्षीया महिलाको निधन भएको हो। अस्पतालका प्रवक्ता डा. रामप्रसाद सापकोटाका अनुसार ती महिला भदौ ४ गते अस्पतालमा भर्ना भएकी थिइन्। उनी स्क्रब टाइफससँगै छारे रोगबाट पनि पीडित थिइन्। जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका