विराटनगर। नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि यही मूल्यमा सुन किनबेच भएको थियो। त्यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला तीन
राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजना हुने Second World Summit of Social Development मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतार प्रस्थान गरेका छन् । आज बिहान ९ : १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न गरेका हुन् ।
विराटनगर । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मध्यरातमा सामाजिक सञ्जालमार्फत प्रमुख मुलुकहरू र राजनीतिक दलहरूलाई लक्षित गर्दै लेखेको विवादास्पद स्टाटस केहीबेरमै हटाएका छन्। हटाइएको उक्त स्टाटसको स्क्रिनसट भने अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बनेको छ। शाहले आफ्नो फेसबुक पेजमार्फत अमेरिका, भारत, चीनलगायतका मुलुकहरू र नेपाली राजनीतिक दलहरू—जस्तै नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा,
बिराटनगर। बाजुरामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३५ जना घाइते भएका छन्। मार्तडी–कोल्टी सडकअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना हुँदा ३० जना घाइते भएका हुन् भने बुढीनन्दा गाउँपालिकाकै पाण्डुसैन बजार नजिक जीप दुर्घटनामा परि ५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार कोल्टीबाट धनगढीका लागि छुटेको सुप–प्र ०१–००१ ख ३१८१ नम्बरको बस समान
विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (ESMO) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपालको पहिलो संस्था बनेको हो। जर्मनीको बर्लिनमा गत अक्टोबर १७ देखि २१ सम्म आयोजित विशेष कार्यक्रममा उक्त संस्थालाई एकीकृत ओन्कोलोजी
विराटनगर । प्रधानमन्त्री सुशीला कार्कीले आज (कात्तिक १६) अपराह्न ४ बजे सातै प्रदेशका मुख्यमन्त्रीसँग बैठक आह्वान गरेकी छिन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ। बैठकमा क्रमशः कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की, मधेसका जितेन्द्रप्रसाद सोनार, बागमतीका इन्द्रबहादुर बानियाँ, गण्डकीका सुरेन्द्रराज पाण्डे, लुम्बिनीका चेतनारायण आचार्य, कर्णालीका यामलाल कँडेल र सुदूरपश्चिमका कमलबहादुर शाह सहभागी हुनेछन्। संघीय
मेष : दिन सामान्य छ । हरेक काममा अवरोध देखिने छन् । निर्णय क्षमताको आवश्यकता देखिन्छ । मनमा धेरै खटपटी हुनसक्छ । वैदेशिक क्षेत्रको लगानीमा उत्साह बढ्नेछ । परिवारको सहयोग प्राप्त हुनेछ । वृष : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ ।
विराटनगर । झापा जिल्लाको शिवसताक्षी नगरपालिका–१० का ३५ वर्षीय सरोज शर्माको शव बिरिङ खोलाको पुलमुनी गाडिएको अवस्थामा फेला परेको छ। शनिबार बिहान स्थानीयले कालो प्लास्टिकमा बेरिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। दुई दिनअघि मात्रै शर्मा सवार बा १–०३०–च ७१९४ नम्बरको गाडी चारआली–भद्रपुर सडकखण्डअन्तर्गत हातेमालो सामुदायिक वनभित्र जलेको अवस्थामा भेटिएको थियो। गाडी जलेको दुई
बिराटनगर। प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको निर्वाचन सफल बनाउन सबैको साथ र सहयोग अपरिहार्य रहेको बताएकी छन्। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरूसँग मुलुकको वर्तमान राजनीतिक अवस्था, निर्वाचनको तयारी र सरकारका कामकारवाहीबारे छलफल गर्दै उनले निर्वाचनलाई सफल बनाउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताइन्। प्रधानमन्त्री कार्कीका अनुसार सरकारले निर्वाचनका लागि आवश्यक
बिराटनगर। बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ को प्रभाव क्रमशः कमजोर हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार रातिदेखि चक्रवातको प्रभाव घट्दै गएको हो। हाल नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव देखिएको छ। यसै कारण आज बिहान कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न