ज्येष्ठ नागरिक सेवा समाजको तीज विशेष कार्यक्रम

विराटनगर । हिन्दू नेपाली महिलाहरूको महान चाड हरितालिका तीजको अवसरमा विराटनगर–११ स्थित ज्येष्ठ नागरिक सेवा समाज केन्द्रीय कार्यालयले विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की प्रमुख अतिथिका रूपमा सहभागी भइन् । उनले तीजलाई केवल नाचगान र दरमा सीमित नराखी यसलाई महिलाहरूको आत्मस्फूर्त भावनात्मक अभिव्यक्ति र आत्मबल वृद्धि गर्ने पर्वको

गाजामा नयाँ चरणको सैन्य अपरेशनको तयारी गर्दै इजरायल

विराटनगर । इजरायली सेनाले गाजा पट्टीमा जारी युद्धलाई अझ तिव्र बनाउन तयारी गरेको छ। सैन्य नेतृत्वले गाजाको सबैभन्दा सघन जनसंख्या भएका भागहरूमा अपरेशनको नयाँ चरणलाई स्वीकृति दिएको एक वरिष्ठ अधिकारीले बताएका छन्। यो अपरेशन मुख्यत: गाजा सहरका ती क्षेत्रमा केन्द्रित हुनेछ, जहाँ इजरायली सेना अझै प्रवेश गरेको छैन र जहाँ हमास अझै सक्रिय रहेको अनुमान

नेपालमा मनसुन कमजोर, तर मध्यमदेखि भारी वर्षाको सम्भावना

विराटनगर । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको जनाएको छ । तर बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने निरन्तर जारी छ । महाशाखाका अनुसार हाल कोशी, मधेस, बागमती र कर्णाली प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखिएको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट

विराटनगर ।नेपाली बजारमा मंगलबार (भदौ ३) सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार (भदौ २) सुन प्रतितोला एक लाख ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यस दिन सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले घटेको हो। यस्तै, चाँदीको

आज विश्वभर ‘विश्व फोटोग्राफी दिवस’ मनाइँदै

विराटनगर । हरेक वर्ष अगस्ट १९ का दिन मनाइने ‘विश्व फोटोग्राफी दिवस’ आज विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। फोटोग्राफीमा रुचि राख्नेहरूलाई प्रोत्साहन गर्ने र यसलाई व्यवसायिक रूपमा अंगीकार गरेका व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले यो दिवस मनाइने गरिन्छ। संसारको पहिलो तस्वीर सन् १८२६ मा फ्रान्सका जोसेफ नाइस्पार नाइप्सीले हेलियोग्राफी प्रविधि प्रयोग गरी खिचेका थिए। त्यतिबेला एउटा तस्वीर

अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीमा नेपाली मनीष तिम्सिना गोलकिपर प्रशिक्षक नियुक्त

विराटनगर । विराटनगरका मनीष तिम्सिनालाई अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा नियुक्त गरिएको छ। उक्त जानकारी तिम्सिनाले आफैं सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। विदेशी राष्ट्रिय टोलीलाई प्रशिक्षण दिने पहिलो नेपाली प्रशिक्षक बनेका तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षक पनि हुन्। अफगानिस्तान फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो एनेसले उनलाई नियुक्त गर्ने

झापामा करेन्ट लागेर मृत्युनहुनेको संख्या बढ्दै

विराटनगर । झापामा विद्युत्को असुरक्षित प्रयोगका कारण करेन्ट लागेर हुने मृत्युको घटना बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो चार महिनामै १० जनाले करेन्ट लागेर ज्यान गुमाएका छन्। प्रहरी प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार, विद्युत्सम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएकै कारण ग्रामीण क्षेत्रमा यस्तो दुर्घटना बढी हुने गरेको छ। “मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर

सर्लाही गोलीकाण्डकामा एक जना पक्राउ

विराटनगर । सर्लाहीको हरिपुर्वा नगरपालिकामा सोमबार राति भएको गोली प्रहार घटनामा संलग्न हरिपुर्वा–५ का २६ वर्षीय धर्मेन्द्र राय उर्फ धिरेन्द्र राय यादवलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार हरिपुर्वा–६ का ४० वर्षीय रामपुकार यादव आफ्नै घर अगाडि बसिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुई जनामध्ये पछाडिबाट ओर्लिएका युवकले पेस्तोल प्रहार गरेका थिए। टाउकोमा गोली लागेर गम्भीर घाइते

विराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षाको नमुना केन्द्र स्थापना

विराटनगर । विराटनगरमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम प्रवद्र्धन केन्द्र स्थापना गरिएको छ । स्थानीय सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र समुदायबीचको सहकार्यमा स्थापित केन्द्रको उद्घाटन बिराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गरे । ‘नेपालमा सीपयुक्त जनशक्तिको खाँचो टार्न प्राविधिक शिक्षामा आमूल सुधारको आवश्यकता छ,’ कार्यक्रममा बोल्दै मेयर कोइरालाले भने, ‘यो केन्द्र उद्योगहरूलाई आवश्यक दक्ष

सुनसरी–मोरङमा गाँजा सहित ८ जना पक्राउ

विराटनगर।सुनसरी र मोरङका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित लागू औषध गाँजा सहित ८ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको टोलीले भदौ १ गते धरान उप-महानगरपालिका–२० स्थित जंगलबाट ७२ किलोग्राम गाँजा बरामद गरेको हो। सो क्रममा धरान–२० का ३० वर्षीय रुपेश राई, २८ वर्षीय मिलन राई, २५ वर्षीय रंजित राई, धनकुटाको