विराटनगर। नेकपा एमालेका महासचिव शंकर पोखरेलले गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै गुनासा र असन्तुष्टि आफ्नो ठाउमा भएपनि गणतन्त्रको विकल्प राजतन्त्र हुदै नहुने बताएका छन् । उनले भने,गुनासा र असन्तुष्टि आफ्नो ठाउमा होलान् । तर गणतन्त्रको विकल्प राजतन्त्र हुदै होइन । अढाइसय वर्ष नेपाली जनताले तिनका कर्म भोगेकै हो ।
विराटनगर / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका हुन थालेको बताएका छन् । नोना कोइराला स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राजनीति गर्नुपर्नेमा अहिलेको राजनीति सत्ता, पैसाको पछि हिंडिरहेको टिप्पणी गरे । उनले तीनै तहको सरकारमा
कोशी प्रदेश सभा बैठक ः प्रदेश निजामती सेवा ऐन सैद्धान्तिक छलफल मोरंग, १५ भदौ ः कोशी प्रदेश सभाको आजको बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक सैद्धान्तिक छलफलका निर्णयार्थ सदनमा प्रस्तुत गर्दा ’ सर्वसम्मतले पारित भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले सो प्रस्ताव सदनमा पेश गर्दा सभामुख
(रासस) मोरब,२० असार ःकोशी प्रदेश मन्त्रिपरिषदको आज बसेको वैठकले तीन मन्त्रीहरुको संयोजकत्वमा विभिन्न तीनवटा समिति गठन गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयमा वसेको बैठकले आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरको संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति गठन गरेको मन्त्रिपरिषदका प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री लिलावल्लभ अधिकारीले जानकारी दिनु भयो । यसैगरी आन्तरिक
शनिवार इलाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री बिश्वप्रकाश शर्माले निर्वाचन अघिको गठबन्धन गलत हुने अनुभव गरेर नै कांग्रेस अहिले एक्लै निर्वाचनमा भाग लिइरहेको बताए । इलामले अब परिवर्तन खोजेको भन्दै महामन्त्री शर्माले एउटाले अर्कोलाई गाली नगरी स्वस्थ आलोचना गरेर चुनावी प्रतिष्पर्धामा सामेल हुनु उचित हुने बताए । ‘इलामले अब परिवर्तन खोजेको छ । विकासका
काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संघीयतालाई स्थापित र संस्थागत गर्न काेशीमा सहमतीय र सर्वदलीय सरकार निर्माणकाे विकल्प नभएकाे बताएका छन् । नेपाल क्षयराेग निवारण संस्थाकाे ४४ अैां केन्द्रीय सभाकाे वार्षिक अधिवेशनमा शुक्रबार मुख्यमन्त्री कार्कीले केन्द्रीय गठबन्धन फेरिँदैमा कोशी सरकार तलमाथि नहुने बताएका हुन् । ´पूर्व मुख्यमन्त्री हिक्मत कार्कीलगायत एमाले सांसदकाे समर्थनमा म मुख्यमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा विश्वासको मत लिँदै छन् । गत २०७९ पुस १० गते कांग्रेसको गठबन्धन तोडेर एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले १४ महिनामै तीन पटक विश्वासको मत लिन लागेका हुन्। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेयका अनुसार प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने
मुलुकमा तानाशाही शासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले जारी गरेको शुभकामना सन्देशमा नेपालको आधुनिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको उल्लेख छ । सात दशकभन्दा लामो अवधिमा पनि निरङ्कुश शासकबाट पटक–पटक प्रजातन्त्रको गला रेट्ने प्रयत्न भएको उनको दाबी छ।
काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन् । शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै यादवले प्रतिवेदन आगामी बैठकमा प्रस्तुत गर्ने बताएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। यादवले यो प्रतिवेदनले भविष्यमा अनुशासित मर्यादित पार्टी पंक्ति तयार गर्ने र आउने पिँढीलाई मार्गनिदेश गर्ने बताए । शिवलाल थापा
काठमाडौं। जनता समाजवादी पार्टी, नेपालले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ। शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई आफ्नो प्रतिवेदन बुझाएको हो। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएको थियो। कारवाहीको सिफारिस गरिएकामध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ छन्।