काठमाडौं। जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तर्घात छानबिनको प्रतिवेदन सार्वजनिक हुने बताएका छन् । शनिबार छानबिन समितिको प्रतिवेदन बुझ्दै यादवले प्रतिवेदन आगामी बैठकमा प्रस्तुत गर्ने बताएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। यादवले यो प्रतिवेदनले भविष्यमा अनुशासित मर्यादित पार्टी पंक्ति तयार गर्ने र आउने पिँढीलाई मार्गनिदेश गर्ने बताए । शिवलाल थापा
काठमाडौं। जनता समाजवादी पार्टी, नेपालले गठन गरेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ। शनिबार बालकुमारीमा औपचारिक कार्यक्रम गरी समितिले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई आफ्नो प्रतिवेदन बुझाएको हो। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेका १५२ जनामाथि बयान लिइएको थियो। कारवाहीको सिफारिस गरिएकामध्ये केन्द्रीय तहका ४८ जना, प्रदेश समितिका २२ जना र स्थानीय तहका ८२ छन्।
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई चौतर्फी प्रहार भएको बताएका छन्। नेपाल बुद्धिजिवी परिषद्को तेस्रो केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकका लागि राम्रो गर्न खोज्दा सबैतिर एमालेमाथि प्रहार भएको बताए। एमालेको ध्यान मुलुकको विकास र समृद्धिका लागि नै रहेको भन्दै ओलीले यसैका कारण एमालेमाथि सबैतिरबाट प्रहार भएको बताए। ओलीले सामाजिक रुपान्तरणको
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अंगभंग भएका, सहादत भएकालाई सम्झिएको छ कि छैन भन्दै प्रश्न गरेका छन्। राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्री जीले अंगभंग भएका, सहादत भएकालाई सम्झिनुभएको छ कि छैन ?’ प्रधानमन्त्री प्रचण्ड एकथरी बोल्ने र अर्कै काम गर्दै हिँड्ने
विराटनगर: राष्ट्रपति निवार्चन हुन १२ दिन बाकी रहेको छ । आज राष्ट्रपतिको लागि कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल सहित दुई जनाको उम्मेदवारी परेको छ । दुई महिनामै एमाले नेतृत्वको सात दलीय गठबन्धन भत्किएको छ । गठबन्धन भत्किए पछि शनिबार बिहान एमाले केन्द्रिय कार्यालय च्यासलमा सचिवालयको बैठक बस्यो । च्यासलमा बसेको बैठकबाट राष्ट्रपतिको निर्वाचनमा पार्टीका
काठमाडौं। नेपाल समाजवादी पार्टीले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई मत दिने भएको छ। बाबुराम भट्टराई नेतृत्वको नेसपाको बैठकले आगामी फागुन २५ गते हुने चुनावमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरेको नेसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए। उनका अनुसार बैठकले राष्ट्रपति चुनावका सन्दर्भमा बनेको नयाँ गठबन्धनलाई सहयोग गर्ने निर्णय पनि गरेको छ। नेसपासँग २५४
सिन्धुली। नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले अबको दुई सातापछि राष्ट्रपति पद कांग्रेसले पाउने दावी गरेका छन् । मंगलबार सिन्धुलीमाढीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै कोइरालाले सके सहमतिमा राष्ट्रपति पद कांग्रेसले लिने नभए जितेर देखाउने ठोकुवा गरे। ‘राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आधिकारिक उम्मेदवार दिने निर्णय गरेको छ । उम्मेदवारी दिएपछि जितेरे देखाउँछ,’उनले भने । राष्ट्रपति निर्वाचनबारे
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले विज्ञान र प्रविधिको विकास नभइ नेपालको विकास नहुने बताएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन्। वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास अपरिहार्य भएको बताए। प्रधानमन्त्रीले भने,’ अहिलेको युग
विराटनगर। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले साझा व्यक्ति राष्ट्रपति हुनुपर्ने बताएका छन्। आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले पक्ष र विपक्ष नभन्ने संस्थामा साझा व्यक्ति र राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका हुन्। सत्ता र विपक्ष भन्ने परिकल्पना नगरिएको ठाउँमा सहमति हुन नसक्ने कारण नहुनुपर्ने उनको भनाइ थियो। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिएको आरोप लगाएका छन्। जनयुद्ध दिवसको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएपछि कांग्रेस महामन्त्री थापाले सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब दिन आवश्यक रहेको बताएका हुन्। थापाले भने, ‘सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढंगबाट बिदा