April 21, 2025
कोशीमा नुहाउने क्रममा मामा–भान्जा बेपत्ता
सुनसरी / सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित कोशी नदीमा नुहाउने क्रममा दुई जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा इटहरी उपमहानगरपालिका–१६ बालग्राम निवासी ४० वर्षीय नवराज बास्तोला र उनका १६ वर्षीय भान्जा जेनिस आचार्य रहेका छन्। उनीहरू बैशाख ८ गते बिहान करिब पौने ९ बजे बराहक्षेत्र मन्दिर नजिकै कोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन्।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चतारा र प्रहरी चौकी बराहक्षेत्रबाट प्रहरी टोली खटिएको छ। साथै, खोजतलासका लागि सशस्त्र प्रहरीले १५ जना गोताखोरको टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
उनीहरूको खोजी कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।