मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

विराटनगर/ मोरङ जिल्लाको सुनवर्षी नगरपालिका–९ मा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।

वैशाख १४ गते, डाइनिया बाट सिक्टीतर्फ जाँदै गरेको भारतिय नम्बर प्लेट (BR 39 H 2956) भएको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो।

दुर्घटनामा परी सोही स्थानका २० वर्षीय साहवन आलम गम्भीर घाइते भएका थिए। उपचारका लागि मोरङको रंगेली अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषित गरेका हुन्।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।