May 19, 2025
रंगेलीमा बसको ठक्करबाट १३ वर्षीया बालिकाको मृत्यु
माेरङ/ मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी चोकमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ।
कानीपोखरीबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख २१०३ नम्बरको यात्रुबाहक बसले सोही स्थानकी दिलीप मण्डलकी छोरी मिरा मण्डललाई ठक्कर दिएको हो।
गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि रंगेली अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका छन्।
दुर्घटनामा संलग्न बस र चालकलाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।