May 30, 2025
सिंघिया खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु
मोरङ । मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१४ स्थित सिंघिया खोलामा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ।
मृत्यु हुने बालक जहदा गाउँपालिका–२ निवासी श्रवण महतोका ६ वर्षीय छोरा कुस कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
जेठ १५ गते अपरान्ह पौडी खेल्ने क्रममा खोलामा डुबेका बालकको शव खोजी कार्यमा संलग्न प्रहरी टोली र स्थानीयवासीले संयुक्त प्रयासमा फेला पारेका हुन्। इलाका प्रहरी कार्यालय रानीमा बालक डुबेको खबर प्राप्त हुनासाथ प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो। खोजीका क्रममा खोलामै मृत अवस्थामा बालकलाई फेला पारिएको हो।
मृतकको शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।