सुनसरी र धनकुटा बाट लागुऔषध सहित ५ जना पक्राऊ

विराटनगर। सुनसरी र धनकुटाका विभिन्न स्थानबाट लागू औषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

असार ३ गते इलाका प्रहरी कार्यालय भाण्टाबारी, लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका–८ र १ बाट चेकजाँच गर्ने क्रममा ३ ग्राम ७०५ मिलिग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सप्तरी महादेवा गाउँपालिका–६ का २२ वर्षीय मुकेश कुमार मण्डल, २८ वर्षीय सन्तोष कुमार मण्डल र धनकुटा पाख्रिबास नगरपालिका–९ का २७ वर्षीय रोशन तिम्सिना रहेका छन्। उनीहरु प्रदेश १–०२–०५६ प ८०७४ नम्बरको मोटरसाइकलमा सवार थिए।

त्यसैगरी, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ बाट धनकुटा छथर जोरपाटी गाउँपालिका–१ का २९ वर्षीय दिलीप गजमेर (विश्वकर्मा)लाई २३ ग्राम ३६ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको छ।

यस्तै, धनकुटाको साँगुरीगढी गाउँपालिका–६ बाट इलाका प्रहरी कार्यालय भेडेटारको टोलीले सहिदभूमि गाउँपालिका–२ का १९ वर्षीय सबिन राईलाई २ किलोग्राम गाँजासहित पक्राउ गरेको छ।

पक्राउ परेकाहरूमाथि लागू औषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Add a Comment