झापामा शौचालय गएका वृद्धको हात्तीको आक्रमणबाट मृत्यु

विराटनगर। झापाको बिर्तामोड नगरपालिका–७ फक्तालुङ्गमा जंगली हात्तीको आक्रमणमा परी एक व्यक्तिको ज्यान गएको छ।

बिहीबार बिहान शौचालयका लागि घर बाहिर निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बूको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार गाउँमा पसेको जंगली हात्तीले लिम्बूलाई आँगनमै आक्रमण गरेको थियो।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। वन क्षेत्र नजिकको बस्तीमा जंगली जनावरको आक्रमणको जोखिम बढ्दै गएपछि स्थानीयवासीले सुरक्षाका उपायहरू अवलम्बन गर्न माग गरेका छन्।

Add a Comment