July 16, 2025
झापामा स्कुटरको ठक्करबाट महिलाको मृत्यु
विराटनगर । दमक–१० स्थित जहदा टोलमा स्कुटरको ठक्करबाट स्थानीय ७७ वर्षीय देववहादुर श्रेष्ठको मृत्यु भएको छ। गए राति मे ७ प ३७८९ नम्बरको स्कुटरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको आज मृत्यु भएको हो।
विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचारका क्रममा आज श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।