लहानमा करेन्ट लागी शिक्षकको मृत्यु

विराटनगर । सिरहाको लहान नगरपालिका–२३, गाढा गाउँमा आज बिहान करेन्ट लागी एक शिक्षकको मृत्यु भएको छ।

धान खेतमा सिँचाइ गर्न प्रयोग गरिएको विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका लहान–१९ सोनमति गाढास्थित जनता माध्यमिक विद्यालयका ३८ वर्षीय शिक्षक बीजेन्द्रकुमार सहनीको निधन भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

घटनापछि आफन्त तथा स्थानीयले सहनीलाई तत्काल उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पु¥याए पनि चिकित्सकले मृत घोषित गरेका प्रहरी निरीक्षक धर्मेशकुमार यादवले जानकारी दिए।

सहनी मेहनती र अनुशासित शिक्षकका रूपमा परिचित रहेको विद्यालय परिवारले दुःख व्यक्त गरेको छ।

Add a Comment