‘ऊनको स्वीटर’ तेस्रो हप्तामा पनि धमाकेदार यात्रा, दुई हप्तामै ८ करोड १० लाख ग्रस कलेक्सन

विराटनगर /चलचित्र ‘ऊनको स्वीटर’ देशव्यापी रूपमा १२० भन्दा बढी शोसहित प्रदर्शनको तेस्रो हप्तामा प्रवेश गरेको छ । निर्माता संस्था आर्टमाण्डू नेपाल प्रा.ली.का अनुसार, चलचित्रले दुई हप्ताको अवधिमा घरेलु बक्स अफिसबाट ८ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्न सफल भएको छ । हालसम्म ओभरसिज कलेक्सन सार्वजनिक नभए पनि नेपाल बाहिर पनि चलचित्रले राम्रो व्यापार गरिरहेको

गाँजा ओसारपसारमा संलग्न एक जना पक्राउ, ८९० किलो गाँजा बरामद

धनकुटा/ धनकुटाको साँगुरीगढी गाउँपालिका-५ स्थित ओख्रेबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शुक्रबार बिहान प्र.१-०२-००२ च ५२३८ नम्बरको महेन्द्रा पिकअप गाडी चेकजाँच गर्ने क्रममा गाडीभित्र लुकाइ राखिएको प्लास्टिकको २९ बोरा गाँजा फेला पारेको हो। प्रहरीका अनुसार बरामद गरिएको गाँजाको कुल तौल ८ सय ९० किलोग्राम रहेको छ। उक्त

धनपालथानमा बृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न

मोरङ / मोरङको धनपालथान गाउँपालिका–३, सोराभागस्थित शिवशक्ति माध्यमिक विद्यालयको प्राङ्गणमा गणेशमान सिंह फाउण्डेशन र लायन्स क्लब अफ बिराटनगरको संयुक्त आयोजनामा बृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता फाउण्डेशनका अध्यक्ष फुलकुमार लालबानीले गरेका थिए भने स्वास्थ्य मन्त्री प्रदीप पौडेल प्रमुख अतिथि थिए। कोशी प्रदेशका सांसद अमृतकुमार अर्याल, गयानन्द मण्डल, डोल्मा तामाङ, धनपालथान

लागूऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ

विराटनगर। मोरङ र झापाका विभिन्न स्थानहरूबाट ब्राउन सुगरसहित पाँच जना पक्राउ परेका छन्। लागू औषध नियन्त्रण व्यूरो विराटनगर र प्रहरी चौकी टाघनडुब्बा तथा काँकरभिट्टाबाट खटिएको टोलीले जेठ ८ गते विशेष अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार, मोरङको विराटनगर महानगरपालिका–१५ बाट सुन्दर हरैचा नगरपालिका–१० निवासी समिन दर्जी र २२ वर्षीय निखिल रमतेललाई १ ग्राम

चलचित्र पत्रकार संघको २६ औं वार्षिकोत्सवमा ७ पत्रकार सम्मानित

इलाम / चलचित्र पत्रकार संघ नेपालले आफ्नो २६औं वार्षिकोत्सवको अवसरमा इलामको श्री अन्तुमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा दोस्रो राष्ट्रिय भेला सुरु गरेको छ। चार दिने यस कार्यक्रम जेठ ६ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रमको पहिलो दिन सिनेमा संवाद र मिडियामा मन्थन कार्यक्रम सम्पन्न भयो। यस अवसरमा चलचित्र पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने पत्रकारहरूलाई

कानेपोखरीमा सांसद चढेको गाडी र डीएसपीले चलाएको गाडी ठोक्किएर दुर्घटना

विराटनगर। मोरङको कानेपोखरीमा प्रदेश सांसद चढेको कार र प्रहरी नायब उपरीक्षक (डीएसपी) ले चलाएको गाडी आपसमा ठोक्किएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने कानेपोखरी गाउँपालिका–७ मा सोमबार दिउँसो दुर्घटना भएको हो। झापाबाट विराटनगर आउँदै गरेको बा५च ३५३० नम्बरको कार र विराटनगरबाट झापा जाँदै गरेको बीएई १४०६ नम्बरको ठोक्किएर दुर्घटना भएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका

रंगेलीमा बसको ठक्करबाट १३ वर्षीया बालिकाको मृत्यु

माेरङ/ मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी चोकमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक १३ वर्षीया बालिकाको मृत्यु भएको छ। कानीपोखरीबाट रंगेलीतर्फ जाँदै गरेको को १ ख २१०३ नम्बरको यात्रुबाहक बसले सोही स्थानकी दिलीप मण्डलकी छोरी मिरा मण्डललाई ठक्कर दिएको हो। गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि रंगेली अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा

सगरमाथाको सफल आरोहण गर्दै लैंगिक हिंसा विरुद्धको सन्देश : प्रहरी असई कुन्जाङ छोपेल शेर्पा

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले आज बिहान ८:५६ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी छन्। नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै गरिएको यस ऐतिहासिक आरोहणको क्रममा असई शेर्पाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा, नेपाल प्रहरीको झन्डा तथा “लैंगिक हिंसा विरुद्धको” नारा अंकित ब्यानर फहराएकी थिइन्। प्रहरी

मोरङमा मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

विराटनगर / मोरङ जिल्लाको रतुवामाई नगरपालिका–६ त्रिवेणी चोकमा आइतबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा रतुवामाई नगरपालिका–५ निवासी ४५ वर्षीया भवानी मेहताको ज्यान गएको हो। उनी छोरा रमेश मेहताको चलाएको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकलको पछाडि सवार थिइन्। प्रहरीका अनुसार, मोटरसाइकल आमबारीबाट उर्लाबारीतर्फ जाँदै गर्दा त्रिवेणी चोकमा कुकुरलाई जोगाउने क्रममा

सडकमै मकै कुहिन थालेपछि मोरङका कृषक चिन्तित

रबिन्द्र बराल मोरङ / पूर्वी मोरङमा केही दिनदेखि लगातार परेको अविरल वर्षाका कारण मकै खेती गर्ने किसानहरू ठूलो समस्यामा परेका छन्। विशेषगरी रंगेली, सुनवर्षी, रतुवामाई, धनपालथान, कानेपोखरी लगायतका क्षेत्रका किसानहरूलाई मकै बाली भित्र्याउने समयमा मौसमले धोका दिएपछि ठूलो नोक्सानी बेहोर्नुपर्ने स्थिति आएको हो। गहुँ खेतीभन्दा मकै खेतीमा राम्रो आम्दानी देखेर आकर्षित भएका किसानहरूले मकैलाई मुख्य