कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्यटकको चाप बढ्दै, राजस्व वृद्धि

सुनसरी / दुर्लभ अर्ना र विभिन्न प्रजातिका चराका लागि प्रसिद्ध कोशीटप्पु वन्यजन्तु आरक्षमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। आरक्षका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म आठ हजार ४१५ जना आन्तरिक, ६६ जना सार्क मुलुकका तथा २१० जना अन्य विदेशी पर्यटकले आरक्षको भ्रमण गरेका छन्। आरक्षका संरक्षण अधिकृत

सुनसरीमा ३३० किलोग्राम गाँजा बरामद

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सडक किनाराबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले वैशाख २१ गते राति प्राप्त गोप्य सूचनाको आधारमा सर्च अपरेशन सञ्चालन गर्दै ११ वटा प्लास्टिकका बोरा फेला पारेको थियो। ती बोरामा जम्मा ३३० किलोग्राम गाँजा रहेको प्रहरीले जनाएको छ। गाँजा बेवारिसे अवस्थामा

नेपाली कांग्रेस निकट भातृ संगठन तरुण दलको विवाद चुलियो।

नेपाली कांग्रेस निकट भातृ संगठन तरुण दलको विवाद चुलियो। २०८२/०१/१४ नेपाली कांग्रेस निकट भातृ संगठन तरुण दलका युवा नेतृत्वले पार्टी कार्यालयलाई झकझकाउने कार्य गरिरहेको थियो। सदस्यता शुद्धिकरण र नेतृत्वको पूर्ण चयन जस्ता गम्भीर विषयलाई लक्षित गरेर ज्ञापनपत्र बुझाएको थियो। तर ज्ञापनपत्र अब हेलना गरेको भन्दै पुन आइतबार १०१ तरुण दल का युवाको हस्ताक्षर सहित तरुण

कोशी प्रदेश सरकारलाई नेकपा (एकीकृत समाजवादी)को १६ बुँदे मागपत्र

विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेकपा (एकीकृत समाजवादी) को प्रदेश कमिटीले १६ बुँदे मागपत्र बुझाएको छ। आइतबार पार्टी प्रदेश कमिटी अध्यक्ष सरिता खड्काको नेतृत्वमा प्रतिनिधिमण्डलले मुख्यमन्त्री कार्कीलाई विभिन्न तत्कालीन र दीर्घकालीन मागहरू समेटिएको ज्ञापनपत्र हस्तान्तरण गरेको हो। प्रदेशको आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी भइरहेका बेला समाजवादीले विभिन्न सामाजिक, आर्थिक तथा संरचनागत सुधारका प्रस्तावसहित

किशोरहरूका लागि सुरक्षित डिजिटल अनुभव: टिकटकले ल्यायो ‘फ्यामिली पेयरिङ’ फिचर, निखिल उप्रेती परिवार ब्रान्ड दूत

काठमाडौं / लोकप्रिय सामाजिक सञ्जाल टिकटकले नेपालमा किशोर प्रयोगकर्तालाई लक्षित गर्दै ‘फ्यामिली पेयरिङ’ फिचर सार्वजनिक गरेको छ। शुक्रबार साँझ आयोजित विशेष कार्यक्रममा अभिनेता निखिल उप्रेती, अभिनेत्री संचितालुइँटेल र उनीहरूको परिवारलाई प्रवर्धन दूतको रूपमा सार्वजनिक गर्दै टिकटकले उक्त फिचरको औपचारिक सुरुवात गरेको हो। टिकटकका अनुसार, ‘फ्यामिली पेयरिङ’ फिचरमार्फत अभिभावकले आफ्ना टिनएजर सन्तानको अकाउन्टलाई आफ्नै अकाउन्टसँग लिंक

दादासाहेब फालके १५६औं जन्मजयन्ती समारोहमा नेपाली सर्जक अनिता सोनीलाई ‘BEST LYRICS – NEPAL’ पदकद्वारा सम्मान

विराटनगर /भारतीय फिल्म जगतका पितामह दादासाहेब फालकेको १५६औं जन्म जयन्तीको अवसरमा आयोजित भव्य पुरस्कार समारोहमा नेपालकी प्रतिभाशाली गीतकार अनिता सोनीलाई ‘BEST LYRICS – NEPAL’ पदकद्वारा सम्मानित गरिएको छ। उक्त सम्मान समारोह मुम्बईको मुकेश पटेल अडिटोरियममा शनिबारका दिन भव्य रूपमा सम्पन्न भएको हो। नेपाली संगीत र साहित्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएकी सोनीले यस अन्तर्राष्ट्रिय मान्यताको

माध्यमिक शिक्षा परीक्षा सुरु, ७३ वर्षीया सूर्यवती खनाल बने प्रेरणादायी परीक्षार्थी

काठमाडौं / माध्यमिक शिक्षा परीक्षा (कक्षा–१२) को वार्षिक परीक्षा आइतबारदेखि सुरु भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको पहिलो दिनको परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा आउँदो जेठ २ गतेसम्म सञ्चालन हुनेछ। देशभर १,५९० परीक्षा केन्द्र र जापानमा एक परीक्षा

चट्याङ लागेर शुक्लाफाँटामा गर्भवती महिलाको मृत्यु, श्रीमान् गम्भीर घाइते

विराटनगर/शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा चट्याङ लागेर एक गर्भवती महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्। आइतबार बिहान हावाहुरीसँगै परेको चट्याङ लाग्दा २४ वर्षीया लालमती रानाको घटनास्थलमै मृत्यु भएको हो। उनी बगर क्षेत्रको तरकारी बारीमा तरबुजा टिप्न गएकी थिइन्। चट्याङ लाग्दा उनी गर्भवती अवस्थामा रहेको जानकारी प्राप्त भएको छ। उक्त घटनामा उनका श्रीमान्

लागूऔषध, ब्राउन सुगर र गाँजासहित ९ जना पक्राउ

विराटनगर / गतेखोटाङ, उदयपुर, सुनसरी र मोरङ जिल्लाका विभिन्न स्थानबाट प्रहरीले प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित ९ जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर महानगरपालिका–१६ स्थित चेकजाँचको क्रममा मोरङ बेलबारी नगरपालिका–११ का १९ वर्षीय दिवश धिमाललाई २ ग्राम ४७ मिलिग्राम, बेलबारी–२ का २१ वर्षीय सन्तोष ऋषिदेवलाई ३ ग्राम

भारतिय नम्बरको एम्बुलेन्सबाट १८० किलोग्राम गाँजा बरामद

सुनसरी/सुनसरीको रामधुनी नगरपालिका–६ स्थित पिडारीबाट प्रहरीले भारतिय नम्बर प्लेट भएको एक एम्बुलेन्समा ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा वैशाख २० गते राति ९ बजे इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट खटिएको संयुक्त प्रहरी टोलीले लोकमार्ग तथा भित्री सडकहरूमा चेकजाँच गर्ने क्रममा भारतिय नम्बर BR38P5414 भएको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो।