Category: समाचार

सरस्वती पूजाको अवसरमा विराटनगरस्थित किडजी स्कुलमा निःशुल्क एडमिसन खुला

विराटनगर । विराटनगरमा अवस्थित किडजी स्कुलले आउँदै गरेको सरस्वती पूजाको अवसरमा निःशुल्क एडमिसन खुला गर्ने भएको छ। विशेषगरी पीजी ग्रुपमा निःशुल्क एडमिसनको व्यवस्था गरिएको विद्यालय प्रशासनले जनाएको छ। लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको किडजी स्कुल विराटनगर वडा नं. १ मा पीजी ग्रुपदेखि कक्षा युकेजीसम्म तथा वडा नं. ५ मा कक्षा १ देखि ५

रोडशेष डेन्टल जोन एण्ड ओरल केयर क्लिनिक र च्याम्पिएन्स कराते एकेडेमीबीच सम्झौता

बिराटनगर । विराटनगरस्थित रोडशेष डेन्टल जोन एण्ड ओरल केयर क्लिनिक र च्याम्पिएन्स कराते एकेडेमीबीच आपसी सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। पुस १५ गते आयोजित कार्यक्रममा रोडशेष डेन्टल जोन एण्ड क्लिनिकका सञ्चालक तथा दन्त रोग विशेषज्ञ डा. शेखर कुमार मण्डल र च्याम्पिएन्स कराते एकेडेमीका सञ्चालक तथा कोच सुरज कामतले सम्झौतापत्रमा हस्ताक्षर गर्दै सम्झौता गरेका हुन्। कराते

पारस मल्टिस्पेसियलिटी अस्पताल र च्याम्पिएन्स कराते एकेडेमीबीच सम्झौता

बिराटनगर। विराटनगरस्थित पारस मल्टिस्पेसियलिटी अस्पताल र च्याम्पिएन्स कराते एकेडेमीबीच आपसी सहकार्यसम्बन्धी सम्झौता भएको छ। पुस १५ गते आयोजित कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहता र एकेडेमीका सञ्चालक सुरज कामतले सम्झौतापत्रमा हस्ताक्षर गर्दै सम्झौता सम्पन्न गरेका हुन्। यसअघि मंसिर २० गते सम्पन्न एकेडेमीको वार्षिक उत्सव कार्यक्रममा अस्पतालका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. सन्फिउर रहमानले

विराटनगरको एभरेष्ट कलेजमा काठमाडौं विश्वविद्यालयको बीआईटी कार्यक्रम सुरु हुने

विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट कलेजमा काठमाडौं विश्वविद्यालय (केयू) को सम्बन्धनमा बीआईटी (Bachelor of Information Technology) कार्यक्रम सञ्चालन हुने भएको छ । एभरेष्ट कलेजका सहायक क्याम्पस प्रमुख टीएन भण्डारीका अनुसार आगामी शैक्षिक सत्र अगस्ट २०२६ देखि बीआईटी कार्यक्रम अध्यापन सुरु गरिनेछ । यससँगै कोशी प्रदेशमा निजी शिक्षण संस्थामध्ये काठमाडौं विश्वविद्यालयको सम्बन्धन प्राप्त गर्ने एभरेष्ट कलेज

तमु ल्होसारले एकता र समृद्धिको यात्रामा प्रेरणा दिन्छ ः मेयर कोइराला

विराटनगर ।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तमु ल्होसार–२०८२ ले सामाजिक एकता, सहअस्तित्व र समृद्धिको यात्रामा सबैलाई एकजुट गराउने विश्वास व्यक्त गरेका छन् । तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यो पर्व केवल नयाँ वर्षको सुरुआत मात्र नभई प्रकृति, समयचक्र र जीवनको नवीकरणसँग गहिरो रूपमा जोडिएको सांस्कृतिक पर्व भएको बताएका हुन् । मेयर कोइरालाका

महानगरको आयोजनामा एकदिने लेखा प्रणालीसम्बन्धी तालिम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीका लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुलाई एकदिने लेखा प्रणालीसम्बन्धी तालिम दिएको छ । सहकारीको लेखा प्रणालीलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यले महानगरको क्षेत्रभित्र रहेका सहकारीका पदाधिकारीहरुलाई तालिम दिइएको हो । तालिमको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उदघाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न आग्रह गरे । सहकारीलाई

महानगरको आयोजनामा पशु जैविक सुरक्षा प्रवद्र्धनबारे एकदिने गोष्ठी

विराटनगर । पशुपालन क्षेत्रको दिगो विकास र रोग नियन्त्रणलाई केन्द्रमा राख्दै विराटनगर महानगरपालिकाले पशु जैविक सुरक्षा (बायोसेक्युरिटी)सम्बन्धी एकदिने अन्तरक्रिया गोष्ठी आयोजना गरेको छ । महानगरको कृषि तथा पशुपंक्षी शाखाको आयोजनामा विराटनगर–१९ मा सम्पन्न गोष्ठीमा बाख्रा, गाईलगायत चौपायामा रोग सर्न नदिन अपनाउनुपर्ने जैविक सुरक्षाका उपायबारे छलफल गरिएको हो । कार्यक्रममा महानगरपालिकाको आर्थिक विकास समितिका संयोजक श्याम

रानीबाट स्रोत नखुलेको नगदसहित विराटनगरका एक जना पक्राउ

विराटनगर । प्रहरीले विराटनगरको रानी क्षेत्रबाट स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति विराटनगर महानगरपालिका–६ निवासी ४९ वर्षीय अरबिन्द्र अग्रवाल रहेका छन्। आइतबार पुस १३ गते बिहान करिब ११:३० बजे इलाका प्रहरी कार्यालय रानी तथा रानी (सीमा)बाट प्रहरी सहायक निरीक्षक नवराज कार्कीको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। भारतबाट नेपालतर्फ

महानगरद्वारा खसी–बाख्रा र सुँगुर–बँगुरलाई निःशुल्क खोप

विराटनगर । विराटनगर महानगरपालिकाले पीपीआर÷स्वाइन फिभरविरुद्धको निःशुल्क खोप शुभारम्भ गरेको छ । महानगरको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा शुक्रबारदेखि खसी, बाख्रा र सुँगुर–बँगुरमा लाग्ने पीपीआर÷स्वाइन फिभर विरुद्धको निःशुल्क खोप शुभारम्भ गरिएको हो । विराटनगर–४ इक्राहीस्थित पूजा कृषि फर्मबाट खोप अभियान सुरु गरिएको शाखाका संयोजक हिरालाल यादवले जानकारी दिए । आर्थिक विकास समितिका संयोजक श्याम

ज्येष्ठ नागरिक राष्ट्रका जीवित इतिहास हुन् ः मेयर कोइराला

विराटनगर । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०८२ का अवसरमा विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकप्रति सम्मान, सुरक्षा र सहकार्यलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकहरूलाई समाजका जीवित इतिहास, अनुभवका भण्डार र मूल्य–मान्यताका मार्गदर्शकको रूपमा चित्रण गर्दै उनीहरूको योगदानकै कारण राष्ट्र सभ्य, सचेत र उत्तरदायी बन्दै गएको बताएका छन् । ज्येष्ठ