पवन साह बिराटनगर / ईलाका प्रहरी कार्यालय रानी विराटनगरले मोरङको जहदा गाउँपालिकामा प्रहरीले एम्बुलेन्समा लुकाइछिपाई लैजाँदै गरेको ३३ किलो बढी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा कारबाही गर्दै प्रहरीले बुधबार राति १० बजे जहदा गाउँपालिका–३ हातिबन्दामा नेपाल रेडक्रस सोसाइटीको नाममा दर्ता भएको स१च ६५६ नम्बरको एम्बुलेन्स रोकी चेकजाँच गरेको थियो। जिल्ला प्रहरी
सरिता कर्मकार मोरङ, सुनवर्षी । मोरङको सुनवर्षी नगरपालिका–३ भेलाईमा प्रथम सुनवर्षी साइकल रेस प्रतियोगिता आयोजना हुने भएको छ। यो प्रतियोगिता ‘जिवन जमिन समाज’ द्वारा आयोजना गरिँदैछ। प्रतियोगिता कार्तिक २२ गते (शनिबार) बिहान १० बजेबाट सुरु हुनेछ। करिब १२.७ किलोमिटर दूरीको रेस भेलाईको खेलकुद मैदानबाट सुरु भएर पिपलचोक – अमरदह – सुगा बजार – बभनाडोभ –
बिराटनगर । सिरहा र धनुषाको सीमामा बग्ने कमला नदीमा कार्तिक पूर्णिमाको अवसरमा बुधबार बिहानैदेखि भक्तजनहरूको ठूलो भीड लागेको छ। धार्मिक विश्वास अनुसार कमला नदीमा स्नान गर्दा ‘भूत–प्रेत’ र नकारात्मक शक्तिहरू हट्ने मान्यता रहँदै आएको छ। यही विश्वासका कारण देशका विभिन्न स्थानहरूका साथै भारतको बिहार राज्यसमेतका श्रद्धालुहरू नदीमा स्नान गर्न आएका हुन्। कमला नदी क्षेत्रका इनर्वा,
बिराटनगर । देशका केही स्थानमा आज (बिहीबार) वर्षा र हिमपात हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ। आज देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जानकारी
विराटनगर । मोरङको बुढीगंगा–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटल, विराट नर्सिङ होम र विराट मेडिकल सेमुलेसन फाउन्डेसनको संयुक्त आयोजनामा ईस्टर्न क्रिटिकल केयर कन्क्लेभ (E3C)2.0″ हुने भएको छ। इटहरीको सोल्टी होटलमा कात्तिक २१ र २२ गते आयोजना हुने उक्त कन्क्लेभको औपचारिक उद्घाटन कात्तिक २१ गते बेलुका विराटनगरको ड्रिम गार्डेनमा हुनेछ। विराट मेडिकल कलेज टिचिङ हस्पिटलका
मेष । कार्यक्षेत्रमा कार्यशैलीको प्रशंसा हुनेछ। अध्ययनमा सफलताको लागि समयको सदुपयोग गर्नुहोस्। व्यापार व्यवसायमा सहयोग मिल्नाले मनोबल बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ। वृष । अड्केको काम समयमा पूरा हुनेछ। रणनीति बनाएर कार्य गर्नुहोस् व्यापारमा लाभ रहनेछ। आर्थिक क्षेत्रमा कारोबार गर्दा सावधानी राख्नुहोला। आजको शुभ रंग केशरी हो भने
विराटनगर। मोरङको बुढीगंगा-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले विगत असोज १० गते एकै पटक एक हजार नर्स भर्नाका लागि आवेदन खुलाए पनि मात्र १० जनाले सम्झौता गरेर काम गरेको हस्पिटल प्रशासनले जनाएको छ। हस्पिटललाई अतिआवश्यक परेको भन्दै मेडिकल कलेजले पाँच वर्षसम्म निरन्तर काम गर्ने सम्झौता भए सुविधा प्याकेजसहित महिनाको ५० हजार रुपैयाँ तलब
विराटनगर । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव सक्रिय रहेको छ । उक्त प्रभावका कारण देशका पश्चिम र मध्य भागका प्रदेशहरूमा बदली र वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हाल सामान्य बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिक बदली छ। आज
मेष : दिन सामान्य राम्रो छ । खाइरहेको सुविधा नै कटौती हुने जोखिम छ । शिक्षामा गरेको लगानीबाट आंशिक लाभ हुनेछ । परिवारलाई विश्वास गर्ने बानीले धोका हुनेछ । लगानीका क्षेत्र सबल छन् । व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु उचित हुन्छ । वृष : दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ ।
बिराटनगर । नेपाल राष्ट्र बैंकले एकैपटक ११ जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलको निर्णयअनुसार विभिन्न विभागका प्रमुखहरूलाई नयाँ जिम्मेवारी तोकिएको हो। राष्ट्र बैंकका शक्तिशाली विभागमध्ये एक मानिने बैंक तथा वित्तीय संस्था नियमन विभागको नेतृत्व रामु पौडेलले पाउने भएका छन्। उनी यसअघि अन्य महत्वपूर्ण विभागमा कार्यरत थिए। त्यस्तै, विदेशी विनिमय व्यवस्थापन