काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता लालबाबु पण्डितकी पत्नीको निधन भएको छ । बिरामी बिमला महतको गएराति उपचारको क्रममा निधन भएको हो। उनको जन्म २०२२ साल असोज २ गते ललितपुरमा भएको हो। नेकपा एमालेको बल्खुस्थित तत्कालीन पार्टी कार्यालयमा उनीहरुबीच जनवादी बिहे भएको थियो। उनी करिब डेढ वर्षदेखि मायसाइटिस भन्ने रोगबाट ग्रसित थिइन्।
विराटनगर/ महानायक राजेश हमालको कमब्याक सिनेमा ‘नरसिंहाः अवतार’ ले प्रदर्शनको पहिलो साता उत्साहजनक व्यापार गर्दै सशक्त उपस्थिति जनाइरहेका बेला, सिनेमा टिमले कोशी प्रदेशलाई प्राथमिकता दिँदै मोफसल दौडाहा सम्पन्न गरेको छ। गत शुक्रबार, जेठ ९ गतेबाट प्रदर्शनमा आएको यो सिनेमा शुक्रबार र शनिबार देशभर उल्लेखनीय ओपनिङ गर्न सफल भएको थियो। वितरक करण श्रेष्ठका अनुसार तेस्रो दिन
बाल मानसिकतामा प्रत्यक्ष प्रहार गर्दै विराटनगर सेन्ट्रल मलको भूतघर विगत लामो समयदेखि विराटनगर सेन्टर मलस्थित दोस्रो तल्लामा भूतघर सञ्चालनमा आइरहेको छ। तसर्थ, भूत नाम सुन्ने बित्तिकै बालबालिका मात्रै होइन, वयस्कवृद्ध पनि आफैमा डरको भान गर्ने गर्छन्। तर विराटनगर सेन्ट्रल मलस्थित भूतघरले निर्वाद रुपमा सञ्चालनमा ल्याइरहेको छ। बाल मानसिकतालाई मध्यनजर गर्ने हो भने, यस प्रकारका व्यापार
बिराटनगर/ झापा र इलाम जिल्लाबाट लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीको सक्रियतामा विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। जेठ १३ गते, झापाको मेचीनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ५ ग्राम ५४० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कनकाई नगरपालिका–५
विराटनगर । विराटनगरमा विष फाल्ने खतरनाक प्रजातिको सर्प स्पिटिङ कोब्रा फेला परेको छ । विराटनगर महानगरपालिका–४ मा अवस्थित नोबेल अस्पताल पछाडि डा. सुनील शर्माको निवासमा उक्त कोब्रा फेला परेको हो । उक्त सर्पलाई मंगलबार अपराह्न नियन्त्रणमा लिएर जिल्ला वन कार्यालय, मोरङमा पठाइएको महानगरपालिकाले जनाएको छ । उद्धारको क्रममा सर्पले विष फाल्दा उद्धारकर्ताको शरीरमा विष लागेको
विराटनगर/ कोशी प्रदेश सरकार अन्तर्गत गणतन्त्र दिवस मुल समारोह समिति र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा आगामी गणतन्त्र दिवसको अवसरमा विराटनगरमा विशेष सांस्कृतिक कन्सर्टको आयोजना हुने भएको छ। गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउने उद्देश्यसहित यो कार्यक्रम आयोजना गर्न लागिएको हो। प्रदेश सरकारले विशेषगरी किशोर, किशोरी तथा युवापुस्तालाई लक्षित गर्दै गणतन्त्रप्रतिको सकारात्मक सोच र
विराटनगर / सहारा एनिमल केयर सेन्टर विराटनगरले सामुदायिक कुकुरको बन्ध्याकरण गर्दा गम्भीर लापरबाही गर्ने गरेको पाइएको छ । बन्ध्याकरण गरेको कुकुरलाई पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म राख्नुपर्नेमा २–३ घन्टामै छाड्ने गरेको पाइएको छ । बन्ध्याकरणपछि पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म आइसोलेटमा राख्नुपर्ने, मासुलगायतका पोषिलो खानेकुरा खुवाउनुपर्नेमा त्यस नगरेको पाइएको विराटनगर महानगरपालिकाका पशुपंक्षी शाखाका प्रमुख शुभनारायण
विराटनगर/ गायक रोहित थापा मगरको नयाँ गीत ‘कुरिरहेछु’ सार्वजनिक भएको छ। प्रेमिल शब्दहरुले भरिएको यो गीतको भिडियो रोहित थापा मगरको अफिसियल युट्य़ूब च्यानल मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक यो गीतमा रोहित थापाकै शब्दररचना तथा स्वर समावेश छ। गीतको भिडियोमा पनि रोहितलाई नै देख्न सकिन्छ। उनि प्रेमको सागरमा डुबेर गीत गाउदै गरेको देख्न सकिन्छ। नेत्र बहादुर
काठमाडौं। आफ्नै कीर्तिमान तोड्दै कामीरिता शेर्पा मंगलबार बिहान ३१ औं पटक सर्वोच्च शिखरमा पुगेका छन्। सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाका अनुसार आज बिहान करिब ४ बजे कामीरिताले यो कीर्तिमानी आरोहण गरेका हुन्। २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका उनी सगरमाथा चुचरोतिर लागेका थिए। उनी बुधबार सगरमाथा आधार शिविर झर्ने छन्। अघिल्लो
काठमाडौं / पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–७ स्थित अम्रसा भन्ने स्थानमा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। अम्रसा गाउँबाट चोरमारातर्फ गइरहेको लु ९ प ८११६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ। उक्त मोटरसाइकलमा तीन जना सवार थिए। दुर्घटनामा