विराटनगर/ लोकप्रिय नेपाली लोक-रक सांगीतिक समूह नेपथ्यले अस्टिन सहरका दर्शकलाई लोकरक धुन सुनाउँदै यस वर्षको अमेरिका यात्रा प्रारम्भ गरेको छ। टेक्सासको यो राजधानी सहरस्थित हल ‘इमोज’मा शनिबार बेलुकी ९ बजे नेपथ्य कन्सर्ट सुरु भएको थियो। नेपथ्यले भर्खरै सार्वजनिक गरेको गीत ‘कर्नालीका छाइला’लाई ब्यान्डले यसै कन्सर्टमा पहिलोपटक गाएर सुनाएको थियो। नयाँ गीत सुनिरहँदा दर्शक उत्साहित देखिन्थे
विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझीले वडाध्यक्ष यादव खतिवडामाथि कुनै पनि प्रकारको दुव्र्यवहार नगरेको स्पष्ट पारेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मोरङद्वारा शनिबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तीप्रति कडा आपत्ति जनाउँदै अध्यक्ष माझीले उक्त आरोप ‘भ्रामक, कपोकल्पित र आपत्तिजनक’ भएको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै उनले आफूले कसैलाई ज्यान मार्ने
विराटनगर। विराटनगरमा शनिबार मध्यराति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ मा दुर्घटना भएको हो। दुर्घटनामा विराटनगर–६ का अन्दाजी ५५ वर्षीय मोहमद अब्दुल कलामको मृत्यु भएको हो । उक्त वडामा रहेको नेपाल आयल निगम कार्यालयनजिक प्रदेश १–०२–०५० प ९७९६ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। मोरङ ट्राफिक प्रमुख
विराटनगर / काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–७ मा आज बिहान विद्युत्को खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ। नेपाल विद्युत् प्राधिकरणमार्फत वितरण केन्द्रद्वारा विस्तार भइरहेको लाइनमा काम गरिरहेका सर्लाही ईश्वरपुर नगरपालिका–१२, घारीबथाका २८ वर्षीय उपेश परियारको ११ हजार भोल्टको हाइटेन्सन लाइनबाट करेन्ट लाग्दा ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहान ११:३० बजे
विराटनगर। विराटनगर महानगर क्षेत्रमा जमिन भासिने जोखिम बढेको छ। महानगरका विभिन्न क्षेत्रमा गरिएको अध्ययनका क्रममा यस्तो पाइएको हो। भौगर्भिक अध्ययनबाट विराटनगर जमिन भासिने ‘सिंकहोल’ को जोखिमयुक्त क्षेत्रमा रहेको पत्ता लागेको हो। खानी तथा भूगर्भ विभागले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार विराटनगरसहित मुलुकका २४ स्थान ‘सिंकहोल’ को उच्च सम्भावित जोखिममा छन्। अध्ययनको विस्तृत जानकारी आउन बाँकी छ
विराटनगर । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा तस्करी नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएपछि सशस्त्र प्रहरी बलले तत्काल कारबाही थालेको छ। सोही क्रममा रानी नाकामा खटिएका डिएसपी ऋषिकेश राउतलाई फिर्ता बोलाई नयाँ डिएसपी अमर खत्रीलाई पठाइएको छ। वैशाख ३१ गते विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा गृहमन्त्री लेखकले तस्करी नियन्त्रणका लागि ३०
विराटनगर/ धनकुटा नगरपालिका–८ शिवबेशी निवासी ६८ वर्षीय मंगल सिंह राईको करेन्ट लागेर मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार, राई आफ्नै खेतबारीमा धान गोडिरहेका बेला नजिकैको बिजुलीको पोलबाट अचानक तार चुडिएर भुईंमा खस्दा उनी करेन्टमा परेका थिए। घटनास्थलमै उनको ज्यान गएको पुष्टि गरिएको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।
विराटनगर/ ट्यांकरको ठक्करले मोरङको उर्लाबारीमा मोटरसाइकल चालकको मृत्यु भएको छ। उर्लाबारी नगरपालिका–३ पुरानो मंगलबारेमा बिहीबार राति ट्यांकरले मोटरसाइकललाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार ग६प ५०२६ नम्बरको मोटरसाइकललाई ना५ख २१८७ नम्बरको ट्यांकरले ठक्कर दिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक झापाको दमक नगरपालिका–९ का ३६ वर्षीय मनकुमार लिम्बूको मृत्यु भएको छ।
रविन्द्र बराल रंगेली। मोरङको रंगेली नगरपालिका–९, दोहमना बजारमा बिहीबार एक दिने आँखा शिविर सम्पन्न भएको छ। विराट आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित उक्त शिविर हरेक आइतवार र बिहीबार लाग्ने हाटबजारलाई लक्षित गरी सञ्चालन गरिएको हो। स्थानीय शेषराज राजवंशीका अनुसार, हाटबजारमा ठूलो संख्यामा भीडभाड हुने भएकाले सो अवसरमा शिविर सञ्चालन गर्दा धेरैले सेवा लिन सक्ने भएकाले
विराटनगर/ भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालय सम्हालेका मन्त्री भूपेन्द्र राईले मन्त्रालय र मातहतका कार्यालयहरुमा रहेको बेरुजु शून्यमा झार्ने अभियान सुरु गरेका छन् । उनले महालेखा परीक्षकको कार्यालयका टोली बोलाएर दुबै मन्त्रालय मातहतका कार्यालयका कर्मचारीहरुको भेला गराएर बिहीबार बेरुजु शून्यमा ल्याउने अभियान सुरु गरेका हुन् । भेलामा बेरुजु फर्छयौटमा देखिएका समस्याहरुको बारेमा महालेखा परीक्षक कार्यालयका