Category: समाचार

विवादित प्रधानन्यायाधीश

काठमाडौं। महाभियोग लागेका राणा सबैभन्दा विवादित प्रधानन्यायाधीशमा चित्रण हुन पुगेका छन्। तत्कालीन प्रधानन्यायाधीशहरू विश्वनाथ उपाध्याय, सुरेन्द्रप्रसाद सिंह र सुशीला कार्कीविरुद्ध महाभियोग ल्याइएको थियो। कालान्तरमा सभामुखले आफैं खारेज गरेका वा सरकार आफैंले फिर्ता लिएका थिए। वरिष्ठ अधिवक्ता प्राध्यापक गान्धी पण्डितका अनुसार, महाभियोगको अभ्यासले विकृति ल्याउन सक्ने जोखिम छ। ‘महाभियोग प्रस्ताव लगाउन सकिन्छ। तर, महाभियोगलाई टुंगोमा पुर्‍याउनुपर्छ,’

इनरुवा नगपालिकाले अतिक्रमित सडकपेटी खाली गर्न सुरु गरे

विराटनगर । सुनसरीको इनरुवा नगपालिकाको कार्यालयले अतिक्रमित सडकपेटी खाली गर्न सुरु गरेको छ । पटक पटकको सार्वजनिक सूचना जारी गर्दासमेत अटेर गरेपछि अतिक्रमित सडकपेटी खाली गर्न सुरु गरेको हो। मंगलवार नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका छन् । ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी

जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष र संघिय परिषद् अध्यक्ष बीच मतभिन्ता

विराटनगर। जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र संघिय परिषद् अध्यक्ष अशोक राईबीच मतभिन्ता देखिएको छ । मंसिर ४ गतेको निर्वाचनमा एमालेसँग सहकार्य गरेर गएको जसपाका अध्यक्ष र संघिय परिषद् अध्यक्षबीच मतभिन्नता देखिएकामे हो । पार्टी अध्यक्ष उपेन्द्र यादवले चुनाव लगत्तै एमालेसँगको तालमेल सकिएको बताएका थिए । संघीय परिषद अध्यक्ष अशोक कुमार राईले भने

मेयर डा.दीपेन्द्र महतोले एक सय विद्यार्थी कारवाही गरिए

गौशाला। विद्यालयको अनुशासन तोडेर सडक जाम गरि सर्वसाधरणलाई दुःख दिएको भन्दै गौशाला नगरपालिकाका एक सय विद्यार्थी कारवाहीमा परेका छन् । आइतबार सडक जाम गरेर सर्वसधारणलाई दुःख दिने अनुशासनहीन कार्य गरेको भन्दै राष्ट्रिय माध्यमिक विद्यालय नवराजपुरले कक्षा ९ र १० मा अध्ययनरत करिब एक सय जना विद्यार्थीलाई कारवाही गरेको हो। विद्यार्थीका अभिभावकलाई विद्यालयमै बोलाएर मेयर डा.दीपेन्द्र

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि आज सत्तारूढ गठबन्धनको बैठक बस्ने

काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न आज सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। नेकपा (माओवादी केन्द्र)को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए। बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ। यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा

मधेशीलाई धोति भनेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै युवाहरूले विरोध प्रदर्शन गरे

जनकपुरधाम । काठमाडौंका कथित सुकुम्बासीहरुले मधेशीलाई धोति भनेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै जनकपुरधामका युवाहरूले विरोध प्रदर्शन गरेका छन्। काठमाडौंका सुकुम्बासीले मधेशीलाई गाली दिएको भन्दै मधेश प्रदेशको राजधानी जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका हुन् । जनकपुरधामका युवाहरूले मधेशी समुदायमाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग नगर्न विरोध प्रदर्शनमार्फत सचेतसमेत गराएको छ । युवा अभियन्ता आदर्श मण्डलले विगत

आगलागी हुँदा पाँच जनाको मृत्यु

नानचिङ। चीनको च्याङ्सु प्रान्तको स्यूचौ सहरस्थित एक निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। स्थानीय समयानुसार शुक्रबार साँझ ४:५० मा आगलागी भएको थियो। आगलागीमा फसेका सातमध्ये पाँच जनाको प्रारम्भिक उपचारको क्रममा नै ज्यान गएको हो। अन्य दुई जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे अनुसन्धान गर्न नगर सरकारले अध्ययन

मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना

काठमाडौं। मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ। सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य सोमबारदेखि सुरु गरिएकाले उक्त पानी पथान्तरणका क्रममा मेलम्ची नदीमा पानीको बहाव घटबढ हुनसक्ने भएकाले सतर्क रहन सूचित गरेको हो। सुरुङ प्रवेश मार्गहरू सिन्धु, ग्यालथुम, अम्बाथानबाट जुनसुकै समयमा पनि पानी झर्न

मुस्ताङमा नवजात शिशुको शव फेला

जोमसोम। मुस्ताङमा नवजात शिशुको शव फेला परेको छ। जिल्ला अदालत मुस्ताङको पछाडि पट्टीको क्षेत्रमा करिव २ हप्ता पुगिसकेको जस्तो देखिने शिशुको शव सोमबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। मुस्ताङको घरपझोङ-४ जोमसोमस्थित जिल्ला अदालत पछाडि शिशुको शव फेला परेको सूचना अधिकारी राजकुमार तामाङले जानकारी दिए। यसबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक तामाङले बताए।

इस्लाम कपडा तथा डसना पसलमा बुधबार राति आगलागी

रौतहट। गौरस्थित माईस्थान चोकमा रहेको इस्लाम कपडा तथा डसना पसलमा बुधबार राति आगलागी भएको छ। आगलागीमा जलेर तीन बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। गौर नगरपालिका–१ मा रहेको कपडा पलसमा आगलागी हुँदा इस्लाम मियाँका ५ वर्षीया छोरी सबिना खातुन, ९ वर्षीया छोरी रुक्साना खातुन र ७ वर्षीय छोरा इमरान मन्सुरीको मृत्यु