Category: समाचार

आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास:गृहमन्त्री खाण

बुटवल। गृहमन्त्री बालकृष्ण खाणले सबैको साझा प्रयत्नमा आगामी निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन्। उनले भने, ‘कर्मचारी, सुरक्षा निकायसँगको समन्वयमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न हुन्छ ।’ बुटवलमा बुधबार आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री खाणले स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सबैको सहयोग रहेकाले आगामी निर्वाचन पनि सबैका

बिजुलीको हाइटेन्सन लाइनबाट करेन्ट लागेर एक जनाको मृत्यु

विराटनगर। बिजुलीको हाइटेन्सन लाइनबाट करेन्ट लागेर मोरङको बूढीगंगा गाउँपालिका–२ मा मंगलबार साँझ एक जनाको मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार बाँस काट्ने क्रममा करेन्ट लाग्दा विराटनगर महानगरपालिका–६ का ३० वर्षीय राम मण्डलको मृत्यु भएको हो । बूढीगंगा–२ मा घर निर्माणका लागि बाँस काट्ने क्रममा मण्डललाई करेन्ट लागेको थियो । काटेको

अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डमा नेपाली आकाशको सुरक्षा अंक बढिरहेकाले उडानका लागि नेपाल सुरक्षित

काठमाडौं। वायुसेवा सञ्चालक संघ नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाली आकाश सुरक्षित रहेको बताएका छन्। क्यानिडियन एभिएशन मिसन टु नेपाल कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डमा नेपाली आकाशको सुरक्षा अंक बढिरहेकाले उडानका लागि नेपाल सुरक्षित रहेको बताएका हुन्। ‘नेपाली आकाश सुरक्षित छ। यसकारण नेपाल आउनका लागि म यहाँबाट नै अन्तर्राष्ट्रिय जगतलाई अपिल गर्छु’, उनले

मोरङको पेट्रोल पम्पमा आगलगी हुँदा एक युवाको मृत्यु

विराटनगर । मोरङको एक पेट्रोल पम्पमा आगलगी हुँदा विराटनगरमा युवाको मृत्यु भएको छ । बुढीगंगा वडा नम्बर ४ स्थित नितेश पेट्रोल पम्पमा लक्ष्मि पुजाको दिन आगलागी हुँदा घाइते भएका विराटनगर वडा नम्बर ४ का ३४ वर्षीय गान्धी मण्डलको मृत्यु भएको हो । आगलागीमा गम्भिर घाइते भएका मण्डलको काठमाण्डौं स्थित किर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको

आज देशका पहाडी भूभागमा वर्षाको सम्भावना

विराटनगर। मंगलबार दिउँसो देशका पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका पहाडी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। रातको समयमा देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया

गोरखा नगरपालिका–५ का वडाध्यक्ष रानाको निधन

गोरखा। गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ । बिहीबार साँझ भाइटीकापछि उहाँको एक्कासी लडेर मृत्यु भएको हो । नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्‍याइएको थियो । अस्पताल पुर्‍याउनु अघि नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ । राना एमालेबाट वडाध्यक्षमा

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष पाण्डेको निधन

हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष कौशल पाण्डेको निधन भएको छ। उनको ७५ वर्षको उमेरमा बिहीबार साँझ ५:४५ बजे हेटौंडा –४ कमलडाँडास्थित निवासमा निधन भएको हो। लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका उनलाई केही महिना अघिदेखि लिभर सिरोसिको कारण शल्यक्रिया गरिएको थियो। शल्यक्रियापश्चात उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। मकवानपुरे पत्रकारिताका संस्थापक मध्येका