Category: खेलकुद

८ औँ विराटनगर महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड ः दोस्रो दिन आदर्श ६ स्वर्णसहति शिर्ष स्थानमा

विराटनगर। विराटनगरस्थित शहीद रंगशालामा जारी विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को दोस्रो दिनसम्म आर्दश माध्यमिक विद्यालयले ६ स्वर्ण, ६ रजत र २ कास्य पदक गरि पहिलो स्थानमा उक्लिएको छ । विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा जारी प्रतियोगिताको अन्तर गत एभरेष्टले ५ स्वर्ण, २ रजत र ६ कास्य गरि दोस्रो

साविक विजेता सरस्वती स्कुलले जित्यो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगिताको उपाधि

विराटनगर ।साविक विजेता सरस्वती स्कुलले चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामाको उपाधि जितेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा बुधबार भएको फाइनल खेलमा सरस्वती स्कुलले सत्यनारायण स्कुललाई ४० रनले पराजित गरि उपाधि जितेको हो । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित २० ओभरको खेलमा १७ दशमलव १ बलमा सवै

१८ औँ विराटनगर महानगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड : पहिलो दिन एभरेष्टलाई २ स्वर्ण

विराटनगर। विराटनगरस्थित शहीद रंगशालामा जारी विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता- २०८२ को पहिलो दिन एभरेष्ट माध्यमिक विद्यालयले २ स्वर्ण पदक जितेको छ। विराटनगर महानगरपालिकाको आयोजना र एभरेष्ट माविको संयोजनमा जारी प्रतियोगिताको पहिलो दिन एभरेष्टले दुई स्वर्ण जित्दा, श्रीजनता नमुना माध्यमिक विद्यालय र आदर्श माध्यमिक विद्यालयले एक-एक स्वर्ण जित्न सफल भएको हो।

सरस्वती र सत्यनारायण स्कुल अन्तर स्कुल क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश

विराटनगर । सरस्वती स्कुल र सत्यनारायण स्कुल चौथो विराटनगर हव अन्तर स्कुल क्रिकेट प्रतियोगितामाको फाइनलमा प्रवेश गरेको छ । नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा मेरिलेवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा मंगलबार भएको पहिलोे सेमिफाइनल खेलमा सरस्वती स्कुलले अर्किड स्कुललाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित २० ओभरको खेलमा १४ दशमलव २

विराटनगर किंग्सले नयाँ जर्सी सार्वजनिक गर्‍यो, ‘द क्राउन वी अर्न’ थिममा तयार

बिराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको टिम विराटनगर किंग्सले नयाँ जर्सी सार्वजनिक गरेको छ। टिमले रंग र डिजाइन दुवै परिमार्जन गर्दै जर्सीलाई ‘द जर्सी: द क्राउन वी अर्न’ भन्ने थिममा तयार पारेको छ। विराटनगर किंग्सका अनुसार नयाँ जर्सीले कोशी प्रदेशको गौरव, तागत र समुदायको भावना झल्काउनेछ। जर्सीको डिजाइनको केन्द्रमा सप्तकोशीको प्रवाह झल्काउने सात रेखाहरू

मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए, मलेसियाविरुद्धको खेलमा कार्यवाहक प्रशिक्षक नियुक्त हुने

विराटनगर । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले पदबाट राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईका अनुसार अस्ट्रेलियन प्रशिक्षक रसले दुई साताअघि भियतनामविरुद्धको खेलपछि राजीनामा दिएका हुन्। नेपालले एएफसी एसियन कप छनोटअन्तर्गत आगामी मंसिर २ गते मलेसियासँग पाँचौँ खेल खेल्न लाग्दैछ। मुख्य प्रशिक्षकले खेलअघि नै राजीनामा दिएपछि एन्फाले

आईसीसीको पूर्ण सदस्यविरुद्ध नेपालले पहिलो ऐतिहासिक जित दर्ता गर्‍यो

विराटनगर। नेपालले शनिबार राति सम्पन्न वेस्ट इन्डिजसँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा ऐतिहासिक जित हात पारेको छ। १४८ रनको लक्ष्य बचाउ गर्दै नेपालले वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै आईसीसीको पूर्ण सदस्य (फुल मेम्बर) राष्ट्रविरुद्ध पहिलो जित दर्ता गर्न सफल भएको हो। नेपालको जितमा सम्पूर्ण खेलाडीले उत्कृष्ट योगदान दिए। विशेषगरी कप्तान रोहित पौडेलको प्रदर्शन निर्णायक रह्यो।

रासफोर्डको जादूमयी प्रदर्शनमा बार्सिलोनाको विजयी सुरुआत

विराटनगर । मार्कुस रासफोर्डले प्रेरणादायी प्रदर्शन गर्दा स्पेनिस क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेको छ । बिहीबार राति इंग्ल्यान्डको सेन्ट जेम्स पार्कमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली न्युक्यासल युनाइटेडलाई २–१ ले पराजित गर्‍यो । बार्सिलोनाका दुवै गोल रासफोर्डले दोस्रो हाफमा गरेका थिए । खेलको ५८औँ मिनेटमा उनले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए

च्जेयाम्पियन्स कराँते एकेडमीद्वरा जेन्जी आन्दोलनका सहिदलाई श्रद्धाञ्जली

विराटनगर। जेन्जी आन्दोलनका क्रममा सहिद भएका युवा तथा सुरक्षाकर्मीप्रति विराटनगरस्थित च्याम्पियन्स कतारे एकेडमीले श्रद्धाञ्जली अर्पण गरेको छ। बुधबार साँझ एकेडमीमा आयोजित कार्यक्रममा खेलाडी विद्यार्थीहरूले दीप प्रज्वलन (ममबत्ती बालेर) गर्दै सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। कार्यक्रममा कोच, खेलाडी विद्यार्थी तथा उपस्थित अभिभावकहरूले सहिद युवाहरूको आत्माको शान्तिको कामना गरेका थिए। कार्यक्रमले सहिदहरूले देखाएको साहस र बलिदानलाई सम्झँदै

अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीमा नेपाली मनीष तिम्सिना गोलकिपर प्रशिक्षक नियुक्त

विराटनगर । विराटनगरका मनीष तिम्सिनालाई अफगानिस्तानको राष्ट्रिय फुटबल टोलीको गोलकिपर प्रशिक्षकमा नियुक्त गरिएको छ। उक्त जानकारी तिम्सिनाले आफैं सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। विदेशी राष्ट्रिय टोलीलाई प्रशिक्षण दिने पहिलो नेपाली प्रशिक्षक बनेका तिम्सिना एएफसी गोलकिपिङ ‘ए’ डिप्लोमा लाइसेन्स प्राप्त गर्ने पहिलो नेपाली प्रशिक्षक पनि हुन्। अफगानिस्तान फुटबल टोलीका मुख्य प्रशिक्षक भिसेन्जो एनेसले उनलाई नियुक्त गर्ने