विराटनगर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किङ्ग्सबाटै खेल्ने भएका छन्। विराटनगर किङ्ग्सले शनिबार सामाजिक सञ्जालमार्फत सन्दीपलाई मार्की खेलाडीका रूपमा रिटेन गरिएको जानकारी गराएको हो। पहिलो सिजनमा सन्दीपले विराटनगर किङ्ग्सको कप्तानी समेत सम्हालेका थिए। एनपीएलको पहिलो संस्करणमा विराटनगरको प्रदर्शन खासै प्रभावशाली रहेको थिएन। टोलीले ७ खेलमध्ये
विराटनगर । उसु संघ मोरङको आयोजनामा शुक्रबारदेखि कोशी प्रदेशस्तरीय उसु प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदले व्यक्तिको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले खेलकुदले मानिसलाई अनुशासित बनाउनुका साथै स्वस्थ बनाउने उल्लेख गर्नुभयो । मेयर कोइरालले
विराटनगर । नेपाल महिला फुटबल टोलीले एएफसी एसियन कप छनोटको पहिलो खेलमा ऐतिहासिक जित हात पारेको छ। आइतबार उज्वेकिस्तानको पख्तखोर स्टेडियममा भएको समूह ‘एफ’ अन्तर्गतको खेलमा नेपालले लाओसलाई ९–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो। नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गर्दै उत्कृष्ट प्रदर्शन गरिन्। उनले खेलको ८८औँ
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा असार १३ गते शुक्रबारदेखि अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता सुरु हुने भएको छ। गाउँपालिकाका अधिकृत तथा गाउँ युवा परिषद्का सदस्य सचिव कृष्णप्रसाद भट्टराई र परिषद्का अध्यक्ष पुजेश कोइरालाले बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता सम्बन्धी जानकारी दिएका हुन्। प्रतियोगितामा बुढीगंगा गाउँपालिकाका सातवटै वडा र एक विद्यालयस्तरीय टोली गरी कुल ८
विराटनगर। विराटनगरमा आगामी असार ७ गतेदेखि कोशी प्रदेश स्तरीय योग खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता कोशी प्रदेश खेलकुद विकास बोर्डको सहयोगमा घनश्याम चन्द्रकला पोखरेल स्मृति प्रतिष्ठानले आयोजना गर्न लागेको हो। प्रतियोगितालाई सम्पन्न गर्न ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जुन सम्पूर्ण रकम प्रदेश खेलकुद विकास बोर्डले बेहोर्ने जानकारी गराइएको छ। प्रतियोगिताको
द रोयल पावर जिम एन्ड फिटनेस क्लब द्वारा फिटनेस फ्रेन्जि च्यालेन्ज प्रतियोगिता- विराटनगर यही जेठ २१ गते सोमबारका दिन विराटनगर ११ स्थित द रोयल पावर जिम एण्ड फिटनेस क्लबका सञ्चालक रियाज कुरेसीले फिटनेस फ्रेन्जी च्यालेन्जको प्रतियोगिता को आयोजना गरेका थिए। कुरेसीले आफ्नो क्लबका खेलाडीहरू बीच प्रतिस्पर्धा गराएका थिए उक्त प्रतियोगितामा क्रमश पहिलो पुरस्कार विराटनगर १०
सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले चौथों संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुटमिलको खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनलमा घरेलु टिम पेमा युवा क्बल विराटनगरलाई ३–१ गोलले हराउँदै एपीएफले उपाधित जितेको हो । जितसँगै एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ हात पारेको छ । जितको लागि एपीएफको तर्फबाट
चौंथो मिल्स गोल्डकप सुरु विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शुक्रबार भएको उदघाटन खेलमा महोत्तरीको नगर खेलकुद विकास समिति वर्दिवासलाई ४–१ गोलले हराउँदै एपीएफ सेमिफाइनमा पुगेको हो । जितको लागि एपीएफका हरी कार्कीले दुई
बिराटनगर। १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका फुटबल टिमका बिजयी खेलाडीहरुलाई प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले हार्दिक बधाई तथा सम्मान गर्नु भएको छ । आइतबार प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरमा आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रहरी प्रमुख ज्ञवालीले खेलमा सहभागी भई प्रथम स्थान हाँसिल गर्न सफल खेलाडीहरुको टोलीलाई खादा ओढाई सम्मान
पोखरा । नेपाल क्रिकेट संघ (क्यान)का निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले नैतिकता भए सेभेन थ्री स्पोर्ट्सलाई नेपालमा भित्र्याउने १८ जना कार्यसमितिका सबैले राजीनामा दिनुपर्ने बताएका छन्। ‘नेपाल टी २० लिग असफल भयो, गभर्निङ काउन्सिलमा भएको मैले राजीनामा दिएँ, अरुले किनदिने, सेभेन थ्री स्पोर्ट्सलाई नेपालमा भित्र्याएको १८ जनाको कार्यसमितिले हो, नैतिकता छ भने सबैले राजीनामा