विराटनगर/ नेकपा (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लीग (वाईसीएल) मोरङको अध्यक्षमा योगेन लिम्बू चयन भएका छन् । वाइसिएल मोरङको तेस्रो जिल्ला सम्मेलनबाट लिम्बूको नेतृत्वमा ७१ सदस्यीय नयाँ समिति चयन भएको हो । समितिको उपाध्यक्षमा मोहम्मद रेहान, कमल लिम्बू र कृतिका खनाल चयन भएका छन् । साथै, सचिवको जिम्मेवारी सुशन खड्का चयन भएका छन् ।
विराटनगर/ विराटनगर महानगरका नगर प्रमुख नागेश कोइरालाले गोरखापत्र भनेको नेपाली पत्रकारिताको अभिभावक भएको बताउनु भएको छ । उहाँले गोरखापत्र दैनिक १२५ वर्षमा प्रवेश एवम् गोरखापत्र संस्थानको ६३ ओैं वार्षिकोत्सबको अवसरमा प्रदेश प्रकाशन कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो । अरु अखवारले आफ्नो ब्यावसायिक लक्ष्य र उदेश्य प्राप्तिका लागि समाचार लेख्ने
इनरुवा/ भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित जामिया इस्लामिया मदर्शालाई एकथान बस औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। बुधबार आयोजित विशेष समारोहमा गाउँपालिका–२ का वडाध्यक्ष आलम अन्सारीले विद्यालय प्रशासनलाई बस हस्तान्तरण गरिएको जानकारी दिए। उनका अनुसार बस स्थानीयवासीबाट चन्दा सङ्कलन गरी खरिद गरिएको हो। सो बसको साँचो गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आजादले विद्यालयका प्रधानाध्यापक समिमअख्तर फलाहीलाई हस्तान्तरण गरे।
विराटनगर/ प्रदेश १ का विभिन्न जिल्लाबाट प्रतिबन्धित औषधी र लागुऔषध ब्राउन सुगरसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। भोजपुर, धनकुटा, झापा, मोरङ र सुनसरीका विभिन्न स्थानहरूमा प्रहरीको निगरानीमा गरिएको कारबाहीमा उनीहरू पक्राउ परेका हुन्। सुनसरीको धरान उप–महानगरपालिका–१३ स्थितमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले ३० वर्षीय मिलन
विराटनगर/ झापाको मेचीनगर–७, जोरसिमलबाट १५ लाख भारतीय रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन्। सशस्त्र प्रहरी बलको गस्ती टोलीले बुधबार काँकरभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा जाँचका क्रममा नगदसहित उनलाई पक्राउ गरेको हो। पक्राउ परेका व्यक्ति मोरङ उर्लाबारी–८ निवासी ३८ वर्षीय डम्बरबहादुर कार्की हुन्। सशस्त्र प्रहरीले उनीसँग भारु १४ लाख ९९ हजार ७०० बरामद गरेको जनाएको छ।
विराटनगर /शुक्रबार (बैशाख २६) बाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले राजधानीमा सम्पन्न प्रिमियर शोमा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ। बुधबार काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा आयोजित विशेष प्रिमियरमा उपस्थित दर्शक, कलाकार तथा विशिष्ट व्यक्तिहरूले फिल्मको कथा, प्रस्तुति र सन्देशप्रति मुक्तकण्ठले प्रशंसा जनाएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले फिल्ममा नेपालको सांस्कृतिक विविधता
विराटनगर / विराटनगर महानगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरिएको छ । बुधबार बसेको खोप समन्वय समितिको बैठकले विराटनगरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको पालिका घोषणा गरेको हो । महानगरका सबै वडाहरुमा (० देखि १५ महिना र १६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाहरुलाई) घरधुरी सर्वेक्षणमार्फत खोजी गरी खोप लगाएको नलगाएको यकिन गरिएको
विराटनगर/ बीमा रकम हिनामिना गरी ठगी गरेको आरोपमा नेपाल लाइफ इन्सुरेन्स कम्पनीको विराटनगर शाखा प्रमुख सन्तोष अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। मोरङको केरावारी गाउँपालिका–९ का नईन्द्र विश्वकर्मा सन् २०८० मा वैदेशिक रोजगारीका लागि बहराइन गएका थिए। गम्भीर मृगौला रोगका कारण उनी २०८१ मा नेपाल फर्किएका थिए र उपचारकै क्रममा उनको निधन भएको थियो। मृतककी पत्नी
सुनबर्सी / सुनबर्सी नगरपालिका–९ स्थित भेडवा चोकमा आज साँझ करिब ४ बजे भएको बस दुर्घटनामा पाँच जना यात्रु सामान्य घाइते भएका छन्। विराटनगरबाट आमबाडी जाँदै गरेको आयुष डिलक्स बस (को १ ख ३५११) विपरीत दिशाबाट आइरहेको सिटी रिक्सालाई जोगाउने क्रममा अनियन्त्रित भई सडकछेउको मदिरा पसलमा ठोक्किएको हो। दुर्घटनाका क्रममा बसको अगाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त
काठमाडौ / हालै सुपरहिट साबित भएको फिल्म ‘अञ्जिला’ को सफलतापछि निर्देशक मिलन चाम्सले नयाँ फिल्म ‘सुम्निमा’ को निर्देशनको घोषणा गरेका छन्। नेपाली र अंग्रेजी दुवै भाषामा निर्माण हुने यो फिल्मको मुख्य भूमिकामा अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित भएकी छन्। फिल्मको छायांकन आगामी जुलाईदेखि नेपाल र बेलायतमा सुरु हुने तयारीमा छ। पुरुष मुख्य पात्रको कास्टिङ भने