सुनसरी/ सुनसरीको इनरुवा नगरपालिका–७ स्थित हुलाकी राजमार्गमा जेठ १५ गते भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। प्रदेश १–०२–००१ ख ८०५४ नम्बरको सेफ्टी ट्याङ्की सफा गर्ने ट्याङ्करले विपरीत दिशाबाट आइरहेको को. ३२ प १३९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार दुहवी नगरपालिका–११ निवासी ४८ वर्षीय देव
मोरङ । मोरङ जिल्लाको विराटनगर महानगरपालिका–१४ स्थित सिंघिया खोलामा पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ। मृत्यु हुने बालक जहदा गाउँपालिका–२ निवासी श्रवण महतोका ६ वर्षीय छोरा कुस कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। जेठ १५ गते अपरान्ह पौडी खेल्ने क्रममा खोलामा डुबेका बालकको शव खोजी कार्यमा संलग्न प्रहरी टोली
विराटनगर/ गोविन्द गौतमको लेखन तथा निर्देशनमा बन्न लागेको सिनेमा ‘परी’को शुभ मुहुर्त भएको छ। काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा स्क्रिप्ट पुजाअर्चना गर्दै मुहुर्त गरिएको हो। मुहुर्तका कार्यक्रममा सिनेमाका मुख्य कलाकार किरण केसी, दीपाश्री निरौला, लक्ष्मी गिरी, दीपक अधिकारी, रेणु दुलाल लगायतको उपस्थिति रहेको थियो। मुहुर्त कार्यक्रममा किरण केसीले सिनेमाको स्क्रिप्ट पक्ष एकदमै राम्रो लागेर काम गर्न
अमरदह/अमरदह युवा क्लबको आयोजनामा सम्पन्न प्रथम अमरदह युवा क्लब फुटबल प्रतियोगिता २०८२ मा अमरदह–ए (यंग ब्वाइज) ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको छ। रोमाञ्चक फाइनल खेलमा आयोजक अमरदह युवा क्लब (AYC) लाई २–१ को अन्तरले पराजित गर्दै अमरदह–ए टोली विजयी बनेको हो। आकाशे निलो जर्सीमा सजिएको अमरदह–ए टोलीले खेल कौशल, समर्पण र खेल भावना
विराटनगर/ कोशी प्रदेशको राजधानी विराटनगरमा चाँदनी फिल्म्सको आयोजनामा “नेपाली चलचित्रमा साहित्य” विषयक गोष्ठी तथा तीनदिने चलचित्र कार्यशाला आजबाट सुरु भएको छ। कार्यक्रम विराटनगर बसपार्क नजिकैको आरके पार्टी प्यालेसमा भव्य समारोहका साथ उद्घाटन गरिएको हो। उद्घाटन समारोहका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी रहेका थिए। मन्त्री भण्डारीले दीप प्रज्वलन गरी
सरिता कर्मकार विराटनगर/ विराटनगर स्थित जलजला चोकमा च्याम्पियन्स कराँते एकेडेमीमा बिहीबार एक विशेष जूनियर बेल्ट अपग्रेड कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा करिब ४० जना कराँते खेलाडी विध्यार्थीहरुले सहभागिता जनाएका थिए। कार्यक्रम अन्तर्गत विभिन्न परिक्षा मार्फत खेलाडीहरुको प्रदर्शनको मूल्याङ्कन गरिएको थियो। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूमा परिनिता सिंही, दक्षिता अग्रवाल, कायरव लुनिया र दर्शना पराजुली रहेका छन्।
विराटनगर/ विराटनगर महानगरपालिका–८ स्थित बलुवाहीमा रमणीय पार्क निर्माण गरिने भएको छ। सामाजिक अभियन्ता तथा विराटेश्वर वृद्धाश्रमका अध्यक्ष ८४ वर्षीय जगतप्रसाद अज्र्यालको पहलमा पार्क निर्माण प्रक्रिया सुरु गरिएको हो। गणतन्त्र दिवसको अवसर पारेर आज पार्कको शिलान्यास गरिएको छ। वडा नं. ८ का वडाध्यक्ष राम पोखरेलले शिलान्यास गरेका हुन्। शिलान्यास कार्यक्रममा अध्यक्ष अज्र्याल, उपाध्यक्ष उमा रेग्मी, टंकप्रसाद
विराटनगर। उपभोक्ताका लागि शुद्ध खानेपानी उपलब्ध गराउन विराटनगर महानगरपालिकामा प्राविधिक पूर्वाधार व्यवस्थित गरिने भएको छ। यसका लागि विराटनगर–६ मा खानेपानी शुद्ध बनाउने ‘फिल्टर ट्रिटमेन्ट प्लान्ट’ राखिने भएको छ। नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोषकुमार रौनियारका अनुसार प्लान्ट स्थापनापछि विराटनगर–६ सरौंचिया क्षेत्रमा खानेपानीको गुणस्तर सुधार हुनेछ। उक्त क्षेत्रको पानीमा ठूलो मात्रामा आर्सेनिक पाइएको छ। धमिलो पानी
सुनसरी ।सुनसरी जिल्लाको दुहबी नगरपालिका–११ स्थित क्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा बिहान ३ बजे गरिएको चेकजाँचका क्रममा भारतीय नम्बर प्लेट रहेको स्कार्पियो गाडी (WB 06 H 2858) बाट ४ किलो ३८ ग्राम गाँजा बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय दुहबी, प्रहरी चौकी तनमुना र प्रहरी चौकी रामगंज वेलगछियाबाट
विराटनगर/ उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई बहुचर्चित राजपुर बम काण्डसम्बन्धी अभियोगबाट सफाइ दिएको छ। अदालतले दोष पुष्टि हुन नसकेको भन्दै आलमसहित चार जनालाई सफाइ दिएको हो। न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले बुधबार आलमसहित उनका भाइ मोहम्मद महताव आलम, शेख सरोज (उर्फ शेख सेरोज) र