रविन्द्र बराल रंगेली। मोरङको रंगेली नगरपालिका–९, दोहमना बजारमा बिहीबार एक दिने आँखा शिविर सम्पन्न भएको छ। विराट आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजित उक्त शिविर हरेक आइतवार र बिहीबार लाग्ने हाटबजारलाई लक्षित गरी सञ्चालन गरिएको हो। स्थानीय शेषराज राजवंशीका अनुसार, हाटबजारमा ठूलो संख्यामा भीडभाड हुने भएकाले सो अवसरमा शिविर सञ्चालन गर्दा धेरैले सेवा लिन सक्ने भएकाले
विराटनगर/ भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालय सम्हालेका मन्त्री भूपेन्द्र राईले मन्त्रालय र मातहतका कार्यालयहरुमा रहेको बेरुजु शून्यमा झार्ने अभियान सुरु गरेका छन् । उनले महालेखा परीक्षकको कार्यालयका टोली बोलाएर दुबै मन्त्रालय मातहतका कार्यालयका कर्मचारीहरुको भेला गराएर बिहीबार बेरुजु शून्यमा ल्याउने अभियान सुरु गरेका हुन् । भेलामा बेरुजु फर्छयौटमा देखिएका समस्याहरुको बारेमा महालेखा परीक्षक कार्यालयका
विराटनगर / देशका ६ वटा महानगरपालिकामध्ये विराटनगर महानगरपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औं वार्षिक प्रतिवेदनअनुसार विराटनगर महानगरको ०.३२ प्रतिशत मात्र बेरुजु देखिएको हो । प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०÷८१ मा विराटनगर महानगरको ६ अर्ब ४४ करोड ७६ लाख रुपैयाँको लेखापरीक्षण हुँदा जम्मा २ करोड ८ लाख ५७ हजार रुपैयाँ
विराटनगर/ सिटी हस्पिटलका संचालक डा. सितल यादवमाथि बुहारी डा. निता यादवले गम्भीर आरोप लगाएकी छन्। विराटनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत डा. निताले आफ्नो नाममा अदालती फैसला भइसकेको सम्पत्तिमा हकभोग गर्न ससुरा, देवर र सासुले अवरोध सिर्जना गरेको बताएकी हुन्। डाक्टर निता यादवका अनुसार, उनको श्रीमान् डा. सुशिल यादवको निधन २०८१ साल जेठ ३१ गते भएको थियो।
सरिता कर्मकार विराटनगर/ अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई गौरवान्वित बनाउने ७ वर्षीय स्केट खेलाडी कुनाल कामतलाई सम्मान गर्ने वाचा गरे पनि वडा नं १२ का अध्यक्ष हिरालाल कामतले अझैसम्म उक्त वाचा पुरा गरेका छैनन्। कुनालले २०८१ साल असोज १ देखि ८ गतेसम्म थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय स्केट प्रतियोगितामा १३ देशका प्रतिस्पर्धीहरूलाई पछि पार्दै ११ स्वर्ण र ३ कांस्य
विराटनगर / झापाको हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकमा हुरीका कारण घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ६५ वर्षीय मानबहादुर मगरको गए राति मृत्यु भएको हो। प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार हुरीले टिनको छाना भएको घर भत्काउँदा बिमले थिचेर मगरको ज्यान गएको हो। घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक प्रक्रिया
“नेपाल हामे कति छ राम्रो संस्कृति पवित्र । लुकेको स्वर्ग समुच्च जाति यसमा छन् विचित्र ।” –महाकवि देवकोटा पाङ्मा गाउँ त्यहीलुकेको स्वर्ग हो र लोहोरुङ जाति त्यही समुच्च जातिभित्रको एउटा जाति । राष्ट्र भनेको यिन जीवन सल्बलाउने गाउँ र सभ्यता बोकेको जातिको समष्टि नै त हो । पङ्मा गाउँ र लाहोरुङ जाति राष्ट्र हो ।
विराटनगर/ भाैतिक पूर्वाधार विकास एवं स्वास्थ्य मन्त्री भूपेन्द्र राईले मानव स्वास्थ्य, पशुपंक्षी र वातावरण संरक्षणाका लागि सर्वपक्षीय सहकार्य र समन्वय आवश्यक रहेकाे बताएका छन् । स्वास्थ्य सेवा विभागले विराटनगरमा बुधबार आयाेजना गरेकाे प्रदेशस्तरीय एक स्वास्थ्य समिति स्थापना गर्ने सम्बन्धमा प्रस्तावित समिति उपर छलफल तथा एक स्वास्थ्य रणनीति परिमार्जन कार्यशालामा मन्त्री राईले मानव स्वास्थ्यसँगै पशुपंक्षी र
विराटनगर/ गायक प्रताप दास र गायिका दुर्गा खरेलको स्वरमा रहेको नयाँ गीत ‘ओइ नक्कले’ बुधबार युट्युबमार्फत सार्वजनिक भएको छ। सुमन पण्डित ‘बैरागी’को शब्द र अर्जुन पोखरेलको संगीतमा तयार भएको गीतले त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गरेको छ। भिडियोमा अभिनेता सुशान्त कार्की, अभिनेत्री प्रियंका कार्की र कबिता नेपालीको अभिनय देख्न सकिन्छ। दुई युवती र एक युवकबीचको प्रेम, मनोभावना
काठमाडौं/ काठमाडौंको थानकोट ट्राफिक प्रहरीमा खटिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले ड्युटीमै खटिएका अर्का प्रहरी सहायक हवल्दार मदन खड्कामाथि कुटपिट गरेका छन्। प्रहरीका अनुसार नागढुंगा ट्राफिक प्रहरीमा कार्यरत हवल्दार खड्कालाई निरीक्षक साहले थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि घटनाले सार्वजनिक चासो पाएको हो। उक्त घटनाबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन थालेको जानकारी दिँदै ट्राफिक