विराटनगर। नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटेको छ। नेपाल आयल निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलको भाउ १७५ र डिजेल तथा मट्टितेलको भाउ १७२ कायम भएको छ। यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ २० रुपैयाँ घटाइएको छ। एलपी ग्यासको भाउ भने यथावत छ। निगमले आज राति १२ बजेबाट लागू हुने गरी भाउ निर्धारण गरेको
विराटनगर । खुला सिमानाको कारण अबैध रुपमा हुने चोरी पैठारीको कार्यलाई निरुद्साहित गर्न चालिएको कदम अहिले पनि पुर्णरूपमा सफल हुनसकेको छैन। विराटनगर रानी भन्सार कार्यालयले जोगवनि बजारबाट समान किनेर ल्याउनेलाई राजश्व तिर्न लगाएर समान छोडि दिए पनि जोगवनिका ठूला व्यापारीहरूले अबैध रूपमा सोही बाटोबाट विराटनगर सम्म समान ल्याईदिने गरेका छन्। जोगवनिका नाम चलेका कपडा व्यवसायहरू
सुनसरी। जिल्ला सदरमुकाम इनरुवामा आत्महत्या न्यूनिकरणका लागि “बाँचौ न जीवनभर” अभियान सुरु गरिएको छ । सनातत कूटुम्भ नेपालको पहलमा इनरुवा नगरपालिका समेतको विषेश सहयोगमा आत्महत्या हतोत्साहनको सन्देश सम्प्रेषण गर्न एवम् न्यूनिकरणका लागि “बाँचौ न जीवनभर” अभियान सुरु गरिएको हो । उद्घाटन कार्यक्रममा नगरक्षेत्रका पाँच हजार बढी बालबालिकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विषेश गरेर विधार्थी
काठमाडौं। सर्वोच्च अदालतले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यससँगै उनको सांसद पद यथावत रहने भएको छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलाशले लामिछानेको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।
काठमाडौं। इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा प्रवाहमा देखिएको समस्या समाधानका निम्ति सरोवारवाला पक्षसँग आग्रह गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले पोल (खम्बा) को भाडाको विषयलाई लिएर देशका विभिन्न स्थानमा इन्टरनेट सेवा प्रवाह गर्ने तार छानीछानी काट्ने गरेको भन्दै इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन सरकारसँग आग्रह गरेको छ। संघले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, सञ्चार तथा सूचना
झापाका बिभिन्न स्थानहरुबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार दिउँसो प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले मे ८ प ५३४४ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका कन्काई नगरपालिका-५ का २२ बर्षीय गौरव चुडाल र ४४ बर्षीय भिम बहादुर बस्नेतलाई ३ ग्राम ७०० मिलिग्राम लागुऔषध ब्राउनसुगर र १
काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा आफ्नो पार्टीको दावी दोहोर्याएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष यादव बीच भेट घाटमापार्टीको दावी दोहोर्याएका हुन् । यादव एमाले अध्यक्ष ओलीलाई भेटन मंगलबार बेलुकी बालकोट गएको स्रोतले बताएको छ । यादवले अध्यक्ष ओलीसँग उपराष्ट्रपतिमा आफ्नो पार्टीले दावी दोहोर्याएका थिए ।
दैलेख : दैलेखमा बसोबास गर्दै आएको राउटे समुदायको एक युवा आगोमा जलेर घाइते भएका छन्। राती सुतिरहेको बेलामा अगेनोमा बालेको आगो बल्यांकेटमा सल्किएर उनको शरीर समेत जलेको छ। राउटे बस्तीमा राउटे परियोजनामार्फत खटिएका शिक्षक लालबहादुर खत्रीका अनुसार अगेनो नजिक सुतेका ४० वर्षीय नारायण शाही आगोले जलेर गम्भीर घाइते भएका छन्। मंगलबार राति सुतेकै बेलामा ओढेको
चितवन : पूर्वी चितवनको खैरहनी नगरपालिकामा आगलागी हुँदा दुई पसलमा क्षति पुगेको छ । खैरहनी नगरपालिका–८ पर्सा चौबीसकोठी चोकस्थित अनुष्का सुनचाँदी ज्वेलर्स र चाँदनी फेन्सी पसलमा आगलागी भएको हो । आज बिहान ३:४० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बिहान ४:१५ बजे नेपाल प्रहरी, दमकल
चितवन। बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन्। जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले उनीहरुलाई टोकेको हो। गाउँपालिकाको वडा नं ३अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो। घरमा काम गरिरहेका र बाटामा हिँडिरहेका व्यक्तिलाई बौलाहा कुकुरले टोकेको थियो। गाउँपालिकाकी उपाध्यक्ष माया सिलवालका अनुसार दुई घण्टाको बीचमा बौलाहा कुकुरले टोकेर उनीहरू