Category: अपराध

रौतहटमा १३३ किलो गाँजासहितको कार बरामद, चालक फरार

विराटनगर ।रौतहटको गरुडामा प्रहरीले ठूलो परिमाणको लागुऔषध गाँजा बरामद गरेको छ। गरुडा नगरपालिका–५ स्थित झाँझ खोला नजिक ग३च ६७९६ नम्बरको एक निजी कारबाट १३ पोकामा रहेको १३३ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको सो कार इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न खोज्दा प्रहरीको आदेश अवज्ञा गर्दै कार फरार भएको

सिरहाका मेयर रामपुकार साह एक लाख घुससहित रंगेहात पक्राउ

विराटनगर । सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख (मेयर) रामपुकार साहलाई एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनलाई बुधबार दिउँसो नगरपालिका कार्यालयबाटै नियन्त्रणमा लिएको हो। अख्तियार स्रोतका अनुसार दिउँसो करिब १:४५ बजे पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा उनलाई समातिएको हो।

भिनाजुद्वरा गोली हानी सालीको हत्या

बिराटनगर । सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा एक किशोरीको आफ्नै भिनाजुले गोली हानी हत्या गरेको छ। आइतबार राति करिब १ बजे भएको घटनामा १८ वर्षीया अर्सी खातुनको टाउकोमा गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ। सुनसरीका एसपी सुमनकुमार तिम्सिनाका अनुसार भारतको पुर्णिया जिल्ला, पत्राहा पञ्चायत–१६, घुर्नाका २९ वर्षीय आजात मिया जटले अर्सीमाथि गोली प्रहार गरेका हुन्।

कटहरीबाट ३१ क्विन्टलभन्दा बढी गाँजा बरामद, मोरङमा हालसम्मकै ठूलो परिमाण

विराटनगर । मोरङको कटहरीबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। शनिबार मध्यराति कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकमा चेकजाँचको क्रममा प्रहरीले ३ हजार १ सय ५० किलो (३१ क्विन्टल ५० किलो) गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार को १ ख ४५१८ नम्बरको ट्रक शंकास्पद देखिएपछि चेकजाँच गर्दा उक्त गाँजा फेला परेको हो। प्रहरी चौकी कटहरीबाट

लागू औषधसहित मोरङ र सुनसरीबाट ६ जना पक्राउ

विराटनगर। मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। लागू औषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको प्रहरी टोलीले संखुवासभाको धर्मदेवी नगरपालिका–३ का ३३ वर्षीय श्यामबहादुर पौडेल र बुढीगंगा गाउँपालिका–३ का ३७ वर्षीय बिन्दुराज महतरालाई नियन्त्रणमा लिएको हो। उनीहरूलाई १३

धनुषामा १३ लाखभन्दा बढी मूल्य बराबरको अवैध काजु बरामद

विराटनगर । धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित एक चाइनिज इट्टाभट्टाको खाली घरबाट करिब १३ लाख २० हजार रुपैयाँ बराबरको काजु बरामद गरिएको छ। भारतबाट अवैध रूपमा भित्र्याई लुकाइराखिएको अवस्थामा फेला परेको उक्त काजु १३ सय २० केजी रहेको सशस्त्र प्रहरीले जनाएको छ। विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण, धनुषाबाट सशस्त्र प्रहरी नायब

मोरङ धनपालथानबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

विराटनगर । मोरङ्गको धनपालथान गाउँपालिका वडा नम्बर २ पैठा स्थित प्रहरी चौकी अमाहि बर्याती बाट खटिएका प्रहरी टोली ले लागूऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। भारततर्फ जाँदै गरेको बि .आर 38 q 5686 नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकललाई प्रहरीले शंका लागी रोकेर चेक जाँच गर्दा २५ केजी २५०ग्राम गाँजा बरामद गरिएको हो। पक्राउ परेका व्यक्ति

प्रतिबन्धित लागू औषधसहित चार जना पक्राउ

विराटनगर। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत लागू औषध कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। असार २२ गते झापा, मोरङ, उदयपुर र धनकुटाबाट एक–एक जना गरी चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र गाँजा बरामद गरिएको हो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूसँग

भारतीय नागरिकमाथि लुटपाटमा संलग्न तीन जना पक्राउ

विराटनगर। काठमाडौंमा भारतीय नागरिकमाथि लुटपाट गर्ने गिरोहमा संलग्न तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ का २२ वर्षीय पासाङ तामाङ, २५ वर्षीय किरणकुमार मोक्तान र नीलकुमार तामाङ रहेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंको नयाँबजार क्षेत्रबाट गएको शुक्रबार (असार २०) पक्राउ गरेको हो। प्रहरीका अनुसार ती तीनजनाले भारतीय नागरिकलाई होटेल

रंगेलीमा लागुऔषध कारोबारमा संलग्न तीन जना पक्राउ

विराटनगर । मोरङको रंगेलीमा लागुऔषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ गर्ने क्रममा नियन्त्रण बाहिर जान खोजेपछि प्रहरीले दुई राउन्ड हवाइ फायर गर्नुपरेको हो। लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको टोली आइतबार दिउँसो रंगेली नगरपालिका–८ मा पुगेर कारबाही गरेको हो। इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालकृष्ण सञ्जेलको नेतृत्वमा पुगेको टोलीले