पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विराटनगर आउँदै

विराटनगर। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आइतबार विराटनगर आउँदैछन्। बुद्ध एयरको विमानमार्फत बिहान ९ः३० बजेतिर उनी विराटनगर आउने कार्यक्रम रहेको माओवादीले जनाएको छ। प्रचण्डले मोरङ उद्योग व्यापार संघमा ‘हाम्रोमत दैनिक’ को २२ औं वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्ने कार्यक्रम छ। आजै माओवादी केन्द्र विराटनगर महानगरको दोस्रो अधिवेशन पनि उनले उद्घाटन

सुनसरीको इटहरीमा कार दुर्घटना हुँदा १ जनाको मृत्यु

विराटनगर। सुनसरीको इटहरीमा कार दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्। इटहरी उपमहानगरपालिका–२० पानीपिया भन्ने स्थानमा शनिबार राति दुर्घटना भएको हो। दुर्घटनामा परेर कारमा सवार इटहरी–१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको छ। गम्भीर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकै क्रममा मृत्यु भएको हो। कारमा

विराटनगरमा ७ लाख नेपाली रूपैयाँसहित भारतीय नागरिक पक्राउ

बिराटनगर/ स्रोत नखुलेको नेपाली ७ लाख रूपैयाँसहित एक जना भारतीय नागरिकलाई विराटनगरबाट प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दिउँसो करिब २ बजे विराटनगर महानगरपालिका–१५ स्थित हनुमान मन्दिरनजिकबाट भारतको जोगवनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई प्रहरीले नियन्त्रणमा लिएको हो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले को १८ प ४१७९

कोशी प्रदेशमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा खोज कार्यक्रम आयोजना हुने

सरिता कर्मकार विराटनगर/ “कोशी प्रदेशको सान, प्रतिभावान अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, कलाको व्यवसायिकताले बढाउनेछ आय र आत्मसम्मान” भन्ने मूल नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको प्रतिभा पहिचान तथा प्रोत्साहनका लागि कोशी प्रदेशमा विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ। राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, कोशी प्रदेशको आयोजनामा, करुणा फाउन्डेसन नेपाल, सामाजिक विकास मन्त्रालय (कोशी प्रदेश सरकार) तथा विभिन्न

डा. महाविर पुन र देवकीनन्द अग्रवाल बबरसिंह–देवकुमारी थापा सेवा गुठीद्वारा सम्मानित

विराटनगर / समाजसेवा र नवप्रवर्तनको क्षेत्रमा सक्रिय योगदान पु¥याउँदै आएका दुई व्यक्तित्वलाई बबरसिंह–देवकुमारी थापा सेवा गुठी, विराटनगरले आज सम्मान गरेको छ। सामाजिक अभियन्ता एवं बैज्ञानिक डा. महाविर पुनलाई रु ५० हजार राशीको देवकुमारी थापा स्मृति सम्मान प्रदान गरिएको हो। यस्तै, कोशी अस्पतालमा दैनिक २५० जनालाई निःशुल्क खाना खुवाउँदै आएका नर सेवा, नारायण सेवा परिवारका उपाध्यक्ष

शैक्षिक गुणस्तर वृद्धिमा विद्यार्थीको भूमिका अहम् ः मेयर कोइराला

विराटनगर / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)ले विद्यार्थीहरूको हकहितसँगै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । लिवर्टी नेपाल लागूपदार्थ उपचार तथा पुनःस्थापना केन्द्रले नयाँ वर्षको शुभकामना आदानप्रदान तथा महेन्द्र मोरङ बहुमुखी क्याम्पसमा नेविसंघका तर्फबाट विजयी विद्यार्थीहरूको स्वागत सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले स्ववियूको भूमिकासमेत परिवर्तन भएको उल्लेख गर्नुभयो

भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी तालिम सुरु

विराटनगर /  विराटनगर महानगरपालिकाअन्तर्गतको खगोल तथा अन्तरिक्ष विज्ञान अध्ययन अनुसन्धान समितिको आयोजनामा बिहीबारदेखि तीनदिने भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी तालिम सुरु भएको छ । विराटनगर–११ स्थित बाल कल्याण विद्या मन्दिर (विकेभिएम) मा आयोजित समारोहमा तालिमको विराटनगर महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएको मेयर कोइराला र प्रमुख प्रशिक्षक इन्जिनियर अशोक ठकुल्लाले

श्रीपुरमा भीषण आगलागी, पाँच परिवारका १० घर जलेर नष्ट, ६० लाखको क्षति

सुनसरी / सुनसरी जिल्लाको कोशी गाउँपालिका–६, श्रीपुरस्थित यादवटोलमा बिहीबार साँझ भीषण आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ। स्थानीय बासिन्दाका अनुसार आगलागी गाईवस्तुको झिङ्गा र लामखुट्टे धपाउनका लागि बालिएको आगोबाट सुरु भएको थियो। उक्त आगो झिङ्गा धपाउने घुराबाट निस्किएर फैलिँदा पाँच परिवारका सात वटा घर र तीन वटा गोठसहित कुल १० वटा

पुरानो भित्र म

निरज मल्ल नयाँको खोजमा, पुरानो विर्सि आफै विरानो हुनु छैन। त्यही पुरानोमा साँचेका वाचा अनि भेन्टिलेटरबाट निस्केका सपनाहरु, गरुडझैँ फिजेका पंखहरु, वीर पथमा बढेका रथहरू, निराशामा परिवर्तित आशाहरू ,अंधेरीमा जुन हेर्ने आंगन, नकाब नभएको अकलुसित ऐना,॥ सुख दुःखको मेलो अनि दुख विसाउने त्यो चौतारी, कसरी बिर्सनु ती दौंतरी, हेर न भर्खर पलाएको छ टुसा पछि

शिक्षक आन्दोलनलाई इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशन (ITF) को ऐक्यबद्धता

काठमाडौं / नेपालमा जारी शिक्षक–कर्मचारी आन्दोलनलाई अन्तर्राष्ट्रिय स्तरको श्रमिक संगठन इन्टरनेशनल ट्रान्सपोर्ट वर्कर्स फेडेरेशन (ITF), लण्डनले समर्थन जनाएको छ। ITF का महासचिव स्टेफन कटनको तर्फबाट पठाइएको ऐक्यबद्धता सन्देश काठमाडौंस्थित आन्दोलन स्थलमा हस्तान्तरण गरिएको हो। उक्त सन्देश फेडेरेशनका विश्व कार्य समिति सदस्य तथा नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलाई