मनमोहनमा कानुनमा एलएलबीको पढाई सुरु विराटनगर , १४ माघ । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयमा कानुन विषयको पढाई सुरु भएको छ । विश्वविद्यालयको ‘स्कुल अफ एप्लाईड साईन्स टेक्नोलोजी अफ ल ’ अन्तर्गत व्यावस्थापन कानुन ‘विविए एलएलबी’ स्नातक तहको पढाई औपारिक रुपमा सोमवारदेखी सुरु भएको हो । सोमवार विश्वविद्यालयले कानुन अध्यन गर्न भर्ना भएका विविए
विराटनगर/ बिराटनगर स्थित बर्गाछीमा रहेको किड्जी स्कुलमा आज विविध खेलकुद कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले आयोजना गरेको यस कार्यक्रमले विद्यार्थीहरूलाई खेलकुदमा प्रोत्साहन प्रदान गर्न तथा उनीहरुको शारीरिक र मानसिक विकासमा योगदान पुर्याएको छ। कार्यक्रममा क्रिकेट, कबड्डी, स्पोन एण्ड मार्बल रेस, स्याक रेस, सु टाई रेस लगायतका खेल प्रतियोगिता समावेश गरिएका थिए। कक्षा १ देखि कक्षा
विराटनगर । प्रेस सेन्टर नेपाल मोरङको अध्यक्षमा नविनकुमार कर्ण चयन भएका छन् । विराटनगरमा बिहीबार भएको पाँचौ जिल्ला सम्मेलनबाट कर्ण अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । उनी यसअघि सेन्टरका उपाध्यक्ष थिए । समितिको उपाध्यक्षमा श्रीमन्त भट्टराई, सन्दिप राई, सचिवमा अनिल श्रेष्ठ, सहसचिव राकेश कर्ण, हुसेन शेख, राजेश राजवंशी र कोषाध्यक्ष प्रेम देवान रहेका छन् ।
विराटनगर/ विराटनगर महानगरपालिकाको समन्वयमा विराटेश्वर वृद्धाश्रमका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ । नोवेल मेडिकल कलेजको प्राविधिक सहयोगमा स्वास्थ्य कार्यालय मोरङले आयोजना गरेको स्वास्थ्य शिविरको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । महानगरको समन्वयमा विराटनगरभित्र सञ्चालित वृद्धाश्रम, मानव सेवा आश्रमलगायतमा निःशुल्क स्वास्थ्य शिविर राखिएको छ । बिहीबारदेखि सुरु शिविरको पहिलो दिन विराटेश्वरमा १२ जनाले
विराटनगर/ रात्रीकालीन समयमा सञ्चालन हुने होटल, गीत–गजल तथा रेष्टुरेन्टलाई व्यवस्थित र मर्यादित बनाउन गठित अनुगमन समितिले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई प्रतिवेदन बुझाएको छ । अनुमनगका क्रममा अधिकांश व्यवसायीले न्यूनतम मापदण्ड पूरा नगरेको पाइएको छ । उपमेयर शिल्पा निराला कार्की, वडा नम्बर २ का अध्यक्ष कुमार पोखरेल, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, राजस्व महाशाखाका प्रमुख
विराटनगर/ विराटनगर स्थित कोशी अञ्चल अस्पतालमा ‘नर सेवा नारायण सेवा’ संस्थाले निःशुल्क खाना खुवाउने अभियान सफलतापूर्वक १५ महिना पुरा गरेको छ। अस्पतालका मेसु रुना झा र अन्य डाक्टरहरूले आज बिहान भोजन वितरण स्थलको निरीक्षण गरेका छन्। निःशुल्क भोजन व्यवस्थाबाट अस्पतालका बिरामी तथा कुरुवाहरू लाभान्वित हुँदै आएकोमा अस्पताल प्रशासनले खुसी व्यक्त गरेको छ। संस्थाका सदस्य देवकी
विराटनगर / विराटनगरलाई सफा, सुन्दर र हराभरा बनाउन सामाजिक संस्थाहरुले समेत चासो देखाउन थालेका छन् । पछिल्लो समय विराटनगर धेरै नै सफा र सुन्दर देखिएको बताउँदै नेपाल अग्रवाल सभा विराटनगरले महानगरलाई दुई थान रिक्सा हस्तान्तरण गरेको छ । सरसफाई अभियानलाई अझै प्रभावकारी बनाउन महानगरलाई रिक्सा हस्तान्तरण गरेको सभाले जनाएको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा
विराटनगर / वरिष्ठ कवि कृष्णभूषण बलको स्मृतिमा स्थापित प्रतिष्ठानले साहित्यका विभिन्न विधामा लामो समयदेखि कलम चलाउने स्रष्टाहरूलाई पुरस्कृत गरेको छ । कृष्णभूषण बल स्मृति प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि शैलेन्द्र साकारसहित ४ जना स्रष्टालाई पुरस्कृत गरेको हो । प्रतिष्ठानले गीतकार शिवशंकर थापा, कवि एवं गजलकार प्रेम ओझा र कवि शुभलक्ष्मी लम्साललाई पनि
विराटनगर / चेतना संरक्षण प्रतिष्ठान विराटनगरको आयोजनामा भएको अन्तर सामुदायिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा आदर्श उच्च माविकी छात्रा रञ्जना कोइराला प्रथम भएकी छन् । विराटनगर महानगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा ११ सामुदायिक विद्यालयका प्रतिस्पर्धीलाई पछि पार्दैै रञ्जना प्रथम भएकी हुन् । ‘युवा शक्ति विदेश पलायनले समाजमा पारेको असर’ शीर्षकमा आयोजित प्रतिस्पर्धामा पोखरिया
विराटनगर/ १०औं इन्डो–नेपाल रोलेर स्केटिङ्ग च्याम्पियनसिप प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई पछि पार्दै प्रथम स्थान हासिल गरेको छ। विराटनगरको दिल्ली पब्लिक स्कुलको प्रांगणमा सम्पन्न उक्त प्रतियोगितामा भारत र नेपालका विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो। प्रतियोगितामा भारतबाट हिमाचल प्रदेश, गुजरात, राजस्थान, महाराष्ट्र र उत्तर प्रदेशका २२ खेलाडीले सहभागिता जनाएका थिए भने नेपालतर्फ डिपिएस, हेरिटेज,पिटर