काठमाडौं। आगामी शुक्रबारदेखि देशभर प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित नेपाली सिनेमा ‘झिल्को’ को अग्रिम टिकट बुकिङ सुरु भएको छ। आजको डिजिटल युगमा प्रविधिको लतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असर विषयमा केन्द्रित यो सिनेमा देशभरका हलहरूमा प्रदर्शन हुने तयारीमा छ। यादवकुमार भट्टराई निर्देशित सिनेमाले स्मार्टफोनको कुलतमा फसेकी बालिकाको कथावस्तुलाई मार्मिक ढंगमा प्रस्तुत गरेको
विराटनगर। आज मे १ तारिख, १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। श्रमिकको पेसागत मर्यादा, अधिकार र सम्मान सुनिश्चित गर्ने उद्देश्यका साथ यो दिवस हरेक वर्ष वैश्विक रूपमा मनाइन्छ। सन् १८८६ मा अमेरिकाको शिकागोमा मजदुरहरूले “आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन, आठ घण्टा आराम” भन्ने नारा सहितको आन्दोलन सुरु गरेपछि त्यसको सम्झनामा मे
विराटनगर / तेस्रो लेखक दिवसका अवसर पारेर नेपाली लेखक संघ कोशी प्रदेश र उदयपुर शाखाले स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । उदयपुरको सदरमुकाम गाईघाटमा आयोजित कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पु¥याउने दुईजना स्रष्टााई सम्मान गरिएको थियो । कार्यक्रममा गोवद्र्धन तामाङ र तेजनारायण शेर्पा ‘रञ्जन’लाई सम्मान गरिएको थियो । कार्यक्रमका
विराटनगर/ कोशी प्रदेश सरकारको प्रथम लगानी सम्मेलनमा विराटनगर महानगरपालिकाले लगानीकर्तालाई विभिन्न क्षेत्रमा ढुक्क भएर लगानी गर्न आह्वान गरेको छ । महानगरका मेयर नागेश कोइरालाले औद्योगिक नगरीको रुपमा स्थापित महानगरले लगानीको वातावरणसँगै विशेष आर्थिक क्षेत्र, कर छुट, सरल प्रक्रिया, लगानीमैत्री वातावरण विकासका लागि आह्वान गरेको बताए । मुलुककै जेठो उद्योग जुट मिल्स पुनः सञ्चालनदेखि नयाँ उद्योग,
विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा पाहुना टोली भारतको आसाम क्रिकेट क्वल विजयी भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बुधबार भएको समुह वि अन्तरगतको दोस्रो लिग खेलमा आसामसँग आयोजक कोशी प्रदेश ९७ रनले पराजित
बिराटनगर / सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–३ स्थित गौतमपुरबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक सिटी सफारी र त्यसका चालकलाई पक्राउ गरेको छ। बैशाख १६ गते प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँचका क्रममा प्रदेश १–०२–००४ ह १६४३ नम्बरको सिटी सफारीबाट ४१ किलोग्राम गाँजा बरामद गरेको हो।
विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको समुह वि अन्तरगतको पहिलो लिग खेलमा आयोजक कोशीले नेपाल पुलिस क्लवलाई ३७ रनले पराजित गरेको छ ।
विराटनगर / कोशी प्रदेशको मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–२ स्थित बाइपास रोडमा एलेक्सा लाइफसाइन्सेज प्रा.लि. नामक अन्तर्राष्ट्रिय स्तरको उच्च गुणस्तरीय औषधि उद्योग स्थापना गरिएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा उद्योगका प्रविधि, उत्पादन प्रक्रिया तथा प्रणालीबारे विस्तृत जानकारी दिइएको छ। एभरेस्ट बैंक लिमिटेड दुहबी शाखाको वित्तीय ऋण सहयोगमा स्थापना गरिएको यो उद्योगका संचालकहरू दिनेश ठाकुर स्वर्णकार र
विराटनगर/ सुनसरीको धरानबाट चोरी भएको यात्रुबाहक बस विराटनगरमा फेला परेको छ। धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित एक ग्यारेजबाट चोरी गरिएको प्रदेश १–०१–००१ ख ९७४९ नम्बरको बस आज दिउँसो विराटनगर महानगरपालिका–१२ मंगलबारेमा वेवारिसे अवस्थामा फेला परेको हो। प्रहरीका अनुसार शुक्रबार राति चोरी भएको बस खोजी गर्ने क्रममा पाटपूर्जा निकालिएको अवस्थामा भेटिएको हो। बसको अगाडिको सिसाको माथिल्लो भागमा ‘सिद्धदेवी
विराटनगर/ मोरङ जिल्लाको सुनवर्षी नगरपालिका–९ मा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। वैशाख १४ गते, डाइनिया बाट सिक्टीतर्फ जाँदै गरेको भारतिय नम्बर प्लेट (BR 39 H 2956) भएको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा परी सोही स्थानका २० वर्षीय साहवन आलम गम्भीर घाइते भएका थिए। उपचारका लागि मोरङको रंगेली अस्पताल लगिएकोमा चिकित्सकले