विराटनगर, २ चैत्र – बौद्धिक पेशाकर्मी महासंघ मोरङ एवम् मधेशी बौद्धिक समाज मोरङको संयुक्त आयोजनामा आज रङ्गी होटल, विराटनगर-१४ मा “भूमि सम्बन्धि अध्यादेश र वर्तमान राजनीति अवस्था” विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रा. डा. राजनारायण यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष माननीय उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा उपस्थित
विराटनगर / मोरङको बेलबारी नगरपालिकाभित्रका विभिन्न ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ७ सय ७९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउण्डेसन फर रुलर डेभलपमेन्टको सहयोगमा न्यू लाइट फाउण्डेसन र एकीकृत हातेमालो समाजको समन्वयमा विद्यालयस्तरका बालबालिकालाई झोलासहित शैक्षिक सामग्री वितरण गरिएको हो । विशेषगरी आर्थिक रूपमा कमजोर, दलित र जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै सामग्री
विराटनगर / विराटनगर महानगरपालिकाले होली पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुभकामना दिनुभएको थियो । कार्यक्रममा मेयर कोइरालाले होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो । होली पर्वले आपसी एकता र
विराटनगर / प्रगतिशील लेखक संघ (प्रलेस) संखुवासभाको चौथो जिल्ला अधिवेशनले साहित्यकार ताराबहादुर बुढाथोकीलाई अध्यक्षमा चयन गरेको छ । प्रलेस कोशी प्रदेश अध्यक्ष तीला लेकालीको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य बोधकुमार घिमिरे र प्रलेस प्रदेश सचिव राजेन्द्र सर्वहारा, उदयपुर जिल्ला सचिव फणिन्द्र विश्वकर्मासमेतको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । संघको
विराटनगर/ विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको समन्वयमा पोखरिया माविले आयोजना गरेको महानगरस्तरीय अन्तरविद्यालयका हाजिरीजवाफ प्रतियोगितामा आयोजक पोखरिया मावि प्रथम भएको छ । विद्यार्थीहरूको बौद्धिकसहित चौतर्फी व्यक्तित्व विकास गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा ३२ वटा विद्यालयलाई पछि पार्दै पोखरिया प्रथम भएको हो । आधारभूत तह (कक्षा ६–८) अन्तर्गत भएको प्रतियोगितामा मदननगर आधारभूत विद्यालय द्वितीय, सत्यनारायण मावि तृतीय
विराटनगर/ सञ्चार क्षेत्रमा महिला पत्रकारको सङ्ख्या वृद्धि गर्न सञ्चार गृह महिला मैत्री हुनुपर्ने सुझाव सरोकारवालाले दिएका छन्। कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र नेपाल पत्रकार महासङ्घ मोरङद्वारा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बुधबार आयोजित ‘सञ्चार क्षेत्रमा पत्रकार महिलाको अर्थपूर्ण सहभागिता’ विषयक अन्तरक्रियामा सहभागीहरूले सञ्चार गृहले महिला पत्रकारलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनुपर्नेमा जोड दिए।
विराटनगर/ कोशी प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को परीक्षाका लागि सम्पूर्ण तयारी पूरा भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। आगामी चैत ७ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने परीक्षामा ८० हजार ९३४ विद्यार्थी सहभागी हुनेछन्। शिक्षा निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलका अनुसार परीक्षालाई व्यवस्थित बनाउन ३७१ परीक्षा केन्द्र तोकिएको छ। परीक्षाका लागि ३७१ केन्द्राध्यक्ष, ५४६ सहायक
झापा/ झापाको कनकाई नगरपालिकाबाट अवैध लागूऔषध गाँजासहित एक दम्पत्ती पक्राउ परेका छन्। गाँजा कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले बुधबार दिउँसो कनकाई-४, मनकामना टोलमा छापा मारेको थियो। प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) राधाकृष्ण दाहाल नेतृत्वको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका दम्पत्तीको नाम सार्वजनिक नगरिए पनि उनीहरूको साथबाट ८ केजी
विराटनगर / नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबले जितेको छ। बुधबार राति सम्पन्न फाइनल खेलमा थ्रीस्टारले चर्च ब्वाइज युनाइटेडलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो पटक उपाधि उचालेको हो। विजेता टोलीका लागि खेलको पाँचौं मिनेटमै खेमराज श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि ६३औं मिनेटमा दीपेश घलेले थप गोल गर्दै टिमको जित
विराटनगर/ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको विषयलाई लिएर भएको तोडफोड र आगजनी प्रकरणमा प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ) का चार जना नेतालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा नेविसंघ केन्द्रीय सदस्य २६ वर्षीय योगराज दाहाल, २० वर्षीय आयुष दाहाल, नेविसंघ मोरङ सचिव ३० वर्षीय गुड्डु साह र २६ वर्षीया केन्द्रीय सदस्य