मकालु हिमाल आरोहणको क्रममा अमेरिकी आरोहीको मृत्यु

विराटनगर /संखुवासभाको मकालु हिमाल चढ्ने क्रममा एक अमेरिकी आरोहीको मृत्यु भएको छ। मकालु गाउँपालिकामा अवस्थित मकालु हिमाल आरोहणको क्रममा ३९ वर्षीय अमेरिकी नागरिक एलेक्जेन्डर पन्काओको निधन भएको हो। आइतबार राति तेस्रो क्याम्प पूरा गरी विश्राम गरिरहेका बेला राति करिब ८ बजे उनको मृत्यु भएको हो। पर्यटन विभागका सूचना अधिकारी लिलाधर अवस्थीका अनुसार प्रारम्भिक जानकारीअनुसार पन्काओको

नेपाली सेनाका जवानले गरे श्रीमतीको निर्मम हत्या, प्रहरी समक्ष अपराध स्वीकार

विराटनगर/ नेपाली सेनाका एक सैनिकले श्रीमतीको हत्या गरेको खुलेको छ । नेपाली सेनामा कार्यरत दर्शन खत्रीले आफ्नी श्रीमती प्रेमा वली खत्रीको ढुंगाले हानेर हत्या गरेको खुलेको छ । आइतबार सुर्खेतको भेरीगंगा नगरपालिका—१२, झिंगेनारा खोलामा मृत भेटिएकी प्रेमा वलीको हत्या उनकै श्रीमान् दर्शनले गरेको खुलेको हो । दर्शनले प्रेमाको हत्या आफैंले गरेको प्रहरीसमक्ष बयान दिएपछि घटनाको

शाहरूख खानको मेट गाला डेब्यू, रेड कार्पेटमा हिँड्ने पहिलो भारतीय अभिनेता बनेर रचिदिए इतिहास

बिराटनगर / बलिउड अभिनेता शाहरूख खानले फेसनको प्रतिष्ठित मञ्च मेट गाला २०२५ मा डेब्यू गरेर इतिहास रचेका छन्। न्यूयोर्कस्थित मेट्रोपोलिटन म्यूजियम अफ आर्टमा आयोजित यस भव्य फेसन नाइटमा रेड कार्पेटमा हिँड्ने उनी पहिलो भारतीय अभिनेता बनेका छन्। यसअघि कुनै पनि भारतीय पुरुष कलाकार मेट गालामा सहभागी भएका थिएनन्। शाहरूखको यो सहभागिता भारतीय फेसन र फिल्म

जानकी नवमी जनकपुरधाममा श्रद्धाभावका साथ मनाइँदै, विशेष आरती र झाँकी कार्यक्रम

जनकपुरधाम / आदर्श नारी सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी श्रद्धा र भक्तिभावका साथ मनाइँदैछ। वैशाख शुक्ल नवमीका दिन पर्ने जानकी नवमीलाई विशेष धार्मिक महत्वसहित जनकपुरमा धुमधामसँग मनाउने परम्परा छ। आजको दिन जनकपुरस्थित जानकी मन्दिरमा विशेष पूजाअर्चना, भजनकीर्तन, धार्मिक झाँकी र आरती कार्यक्रम आयोजना गरिएको छ। मन्दिर परिसर बिहानैदेखि श्रद्धालु भक्तजनले भरिएको छ। जानकी

धनकुटा र उदयपुरमा सवारी दुर्घटना, ४ जनाको मृत्यु, १२ घाइते

विराटनगर / धनकुटा र उदयपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। वैशाख २२ गते बिहान सवा १० बजे धनकुटा नगरपालिका–६ स्थित कोशी लोकमार्गमा धरानबाट भोजपुरतर्फ जाँदै गरेको को.१ ख २१७७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खस्दा १४ जना यात्रु घाइते भएका थिए।

विद्युत करेन्ट र चट्याङ लागेर दुई जनाको मृत्यु

विराटनगर / ओखलढुंगाको खिजिदेम्वा र तेह्रथुमको आठराईमा अलग–अलग घटनामा एक–एक जनाको ज्यान गएको छ। एक जनाको मृत्यु विद्युत करेन्ट लागेर भएको हो भने अर्का व्यक्तिको मृत्यु चट्याङ लागेर भएको हो। वैशाख २२ गते ओखलढुंगाको खिजिदेम्वा–८ मा विद्युत लाइन विस्तारको क्रममा ट्रान्सफर्मरमा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा सिग्माकोण प्रा.लि. काठमाडौंमा कार्यरत कैलालीका ३० वर्षीय बिन्दु चौधरीको

झापामा लागुऔषध कारोबारी फरार, प्रहरीले दुई राउण्ड हवाई फायर

झापा / लागुऔषध कारोबारी पक्राउ गर्न खोज्दा झापाको कनकाई नगरपालिका–४, तल्लो चाप्रामारीमा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार सोमबार बिहान करिब पौने ९ बजे शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा उनी फरार भएका थिए। प्रहरीले शरणामतीबाट सुरूङ्गातर्फ जाँदै गरेको बीआर ३७ टी ९१९८ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच

भारतको केआईआईटी होस्टेलमा मृत फेला परेकी प्रिसा साहको अन्त्यष्टि भारतमै, अभिभावक नेपाल फर्कंदै

काठमाडौं/ भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा मृत अवस्थामा फेला परेकी नेपाली विद्यार्थी प्रिसा साहको अन्त्यष्टि भारतमै गरिएको छ। प्रिसा साह वैशाख १८ गते विश्वविद्यालयको होस्टेलको कोठा नम्बर १११ मा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। घटनापछि अनुसन्धानको प्रक्रिया अघि बढाइएकाे छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार शनिबार साँझ प्रिसाको अन्त्यष्टि भारतमै

कोशीटप्पु वन्यजन्तु आरक्षमा पर्यटकको चाप बढ्दै, राजस्व वृद्धि

सुनसरी / दुर्लभ अर्ना र विभिन्न प्रजातिका चराका लागि प्रसिद्ध कोशीटप्पु वन्यजन्तु आरक्षमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ। आरक्षका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म आठ हजार ४१५ जना आन्तरिक, ६६ जना सार्क मुलुकका तथा २१० जना अन्य विदेशी पर्यटकले आरक्षको भ्रमण गरेका छन्। आरक्षका संरक्षण अधिकृत

सुनसरीमा ३३० किलोग्राम गाँजा बरामद

सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सडक किनाराबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले वैशाख २१ गते राति प्राप्त गोप्य सूचनाको आधारमा सर्च अपरेशन सञ्चालन गर्दै ११ वटा प्लास्टिकका बोरा फेला पारेको थियो। ती बोरामा जम्मा ३३० किलोग्राम गाँजा रहेको प्रहरीले जनाएको छ। गाँजा बेवारिसे अवस्थामा