मोरङको सुनवर्षीमा स्कुल बसको ठक्करबाट बालिकाको मृत्यु

सुनवर्षी / मोरङको सुनवर्षी नगरपालिका–१ कमलपोखरीमा स्कुल बसको ठक्करबाट एक बालिकाको ज्यान गएको छ। आइतबार साँझ प्याराडाइज बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा ९ वर्षीया सन्जु परियारको मृत्यु भएको हो। प्रहरीका अनुसार साइकलमा यात्रा गरिरहेकी सन्जुलाई केचनाबाट शुक्रबारेतर्फ जाँदै गरेको ना ४ ख ८८४३ नम्बरको स्कुल बसले ठक्कर दिएको थियो। दुर्घटनापछि घटनास्थलमै उनको मृत्यु भएको पुष्टि

महेन्द्र मोरङ क्याम्पस स्ववियू निर्वाचनमा विवाद, उम्मेदवारको आत्मदाहको चेतावनी

विराटनगर/ महेन्द्र मोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको तयारीका बीच नेविसंघ (शेखर कोइराला समूह) का सभापति उम्मेदवार योगराज दाहालले निर्वाचन अधिकृतले समस्या समाधान नगरी जबर्जस्ती चुनाव गराउन खोजे आत्मदाह गर्ने चेतावनी दिएका छन्। निर्वाचनको मौन अवधि सुरु भइसकेपछि आइतबार पत्रकार सम्मेलन गर्दै दाहालले चुनावी प्रक्रिया अन्यायपूर्ण रहेको दाबी गर्दै तत्काल समाधानको माग गरेका हुन्।

उद्घाटनमा फ्युजन फुटबल क्बलको विजय सुरूवात

विराटनगर । पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगितामा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट सेमिफाइलनमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगरको जुट मिल खेल मैदानमा आइतबारदेखि सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा सप्तरीको प्रोगेसिल युवा क्लब फत्तेपुरलाई १ –० गोलले निराश बनाउँदै फ्युजन फुटबल क्लब सेमिफाइलनमा पुगेको हो । जितको लागि फ्युजन फुटबल क्लबका

चलचित्र ‘डोरी’को ट्रेलर सार्वजनिक, रहस्य र थ्रिलले भरिएको कथा

विराटनगर/ चलचित्र ‘डोरी’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। आइतबार रिलिज गरिएको ट्रेलरमा अधिकांश पात्रहरूलाई प्रस्तुत गर्दै फिल्मको रहस्यपूर्ण कथावस्तु झल्काइएको छ। ट्रेलर चलचित्रको शीर्षक ‘डोरी’ वरिपरि घुमेको देखिन्छ। कथामा डोरीलाई शक्ति भएको वस्तु को रूपमा चित्रण गरिएको छ, जसलाई सबैले खोजिरहेका छन्। यही क्रममा आइपर्ने रहस्यमयी घटनाक्रम ट्रेलरमा देख्न सकिन्छ। साथै, ट्रेलरमा थ्रिल र

खोटाङ सामाजिक सेवा मञ्चद्वारा साहित्यकार भण्डारी सम्मानित 

विराटनगर / विराटनगरस्थित खोटाङ सामाजिक सेवा मञ्च केन्द्रीय कार्यालयले अग्रज साहित्यकार डा. सुशीला कोइराला भण्डारीलाई सम्मान गरेको छ । विराटनगरमा आयोजित कार्यक्रममा विगत साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा, साहित्यका क्षेत्रका कलम चलाउँदै आएकी भण्डारीलाई मञ्चले सम्मान गरेको हो । कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल, मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, अग्रज साहित्यकार प्राध्यापक कविराज

विराटनगरमा चैत ५ गतेदेखि भव्य रासलीला कार्यक्रम आयोजना हुने

विराटनगर/ विराटनगरमा यही चैत ५ गतेदेखि भव्य रासलीला कार्यक्रम आयोजना हुने भएको छ। श्रीहरि सत्संग समिति नेपालको आयोजनामा भारतको वृन्दावनबाट आएका २१ जना कलाकारहरूको टोलीले राधाकृष्णको जीवनशैलीमा आधारित रासलीला प्रस्तुत गर्नेछन्। विराटनगरको अतिथि सदनमा सञ्चालन हुने यो कार्यक्रमको उद्घाटन कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले गर्नेछन्। चैत ९ गतेसम्म सञ्चालन हुने रासलीलामा प्रत्येक दिन विभिन्न

विराटनगर, २ चैत्र – बौद्धिक पेशाकर्मी महासंघ मोरङ एवम् मधेशी बौद्धिक समाज मोरङको संयुक्त आयोजनामा आज रङ्गी होटल, विराटनगर-१४ मा “भूमि सम्बन्धि अध्यादेश र वर्तमान राजनीति अवस्था” विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

विराटनगर, २ चैत्र – बौद्धिक पेशाकर्मी महासंघ मोरङ एवम् मधेशी बौद्धिक समाज मोरङको संयुक्त आयोजनामा आज रङ्गी होटल, विराटनगर-१४ मा “भूमि सम्बन्धि अध्यादेश र वर्तमान राजनीति अवस्था” विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रा. डा. राजनारायण यादवको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष माननीय उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा उपस्थित

मोरङको बेलबारीका ७७९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

विराटनगर / मोरङको बेलबारी नगरपालिकाभित्रका विभिन्न ६ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ७ सय ७९ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । चाइना फाउण्डेसन फर रुलर डेभलपमेन्टको सहयोगमा न्यू लाइट फाउण्डेसन र एकीकृत हातेमालो समाजको समन्वयमा विद्यालयस्तरका बालबालिकालाई झोलासहित शैक्षिक सामग्री वितरण गरिएको हो । विशेषगरी आर्थिक रूपमा कमजोर, दलित र जेहेन्दार विद्यार्थीलाई लक्षित गर्दै सामग्री

होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह 

विराटनगर / विराटनगर महानगरपालिकाले होली पर्वका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । महानगर परिसरमा आयोजित कार्यक्रममा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलसहित वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले शुभकामना दिनुभएको थियो । कार्यक्रममा मेयर कोइरालाले होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो । होली पर्वले आपसी एकता र

प्रलेस संखुवासभाको अध्यक्षमा बुढाथोकी सर्वसम्मत 

विराटनगर / प्रगतिशील लेखक संघ (प्रलेस) संखुवासभाको चौथो जिल्ला अधिवेशनले साहित्यकार ताराबहादुर बुढाथोकीलाई अध्यक्षमा चयन गरेको छ । प्रलेस कोशी प्रदेश अध्यक्ष तीला लेकालीको प्रमुख आतिथ्य र केन्द्रीय सदस्य बोधकुमार घिमिरे र प्रलेस प्रदेश सचिव राजेन्द्र सर्वहारा, उदयपुर जिल्ला सचिव फणिन्द्र विश्वकर्मासमेतको विशेष आतिथ्यमा सम्पन्न अधिवेशनले बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो । संघको