बिराटनगर / सुनसरी जिल्लाको हरिनगर गाउँपालिका–३ स्थित गौतमपुरबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक सिटी सफारी र त्यसका चालकलाई पक्राउ गरेको छ। बैशाख १६ गते प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँचका क्रममा प्रदेश १–०२–००४ ह १६४३ नम्बरको सिटी सफारीबाट ४१ किलोग्राम गाँजा बरामद गरेको हो।
विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश विजयी भएको छ । पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा मंगलबार भएको समुह वि अन्तरगतको पहिलो लिग खेलमा आयोजक कोशीले नेपाल पुलिस क्लवलाई ३७ रनले पराजित गरेको छ ।
विराटनगर / कोशी प्रदेशको मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका–२ स्थित बाइपास रोडमा एलेक्सा लाइफसाइन्सेज प्रा.लि. नामक अन्तर्राष्ट्रिय स्तरको उच्च गुणस्तरीय औषधि उद्योग स्थापना गरिएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा उद्योगका प्रविधि, उत्पादन प्रक्रिया तथा प्रणालीबारे विस्तृत जानकारी दिइएको छ। एभरेस्ट बैंक लिमिटेड दुहबी शाखाको वित्तीय ऋण सहयोगमा स्थापना गरिएको यो उद्योगका संचालकहरू दिनेश ठाकुर स्वर्णकार र
विराटनगर/ सुनसरीको धरानबाट चोरी भएको यात्रुबाहक बस विराटनगरमा फेला परेको छ। धरान उपमहानगरपालिका–८ दुर्गापथस्थित एक ग्यारेजबाट चोरी गरिएको प्रदेश १–०१–००१ ख ९७४९ नम्बरको बस आज दिउँसो विराटनगर महानगरपालिका–१२ मंगलबारेमा वेवारिसे अवस्थामा फेला परेको हो। प्रहरीका अनुसार शुक्रबार राति चोरी भएको बस खोजी गर्ने क्रममा पाटपूर्जा निकालिएको अवस्थामा भेटिएको हो। बसको अगाडिको सिसाको माथिल्लो भागमा ‘सिद्धदेवी
विराटनगर/ मोरङ जिल्लाको सुनवर्षी नगरपालिका–९ मा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। वैशाख १४ गते, डाइनिया बाट सिक्टीतर्फ जाँदै गरेको भारतिय नम्बर प्लेट (BR 39 H 2956) भएको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा परी सोही स्थानका २० वर्षीय साहवन आलम गम्भीर घाइते भएका थिए। उपचारका लागि मोरङको रंगेली अस्पताल लगिएकोमा चिकित्सकले
विराटनगर / धनकुटा र सुनसरी जिल्लाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा ओसारपसारमा संलग्न दुई वटा सवारी साधनसहित तीन जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बैशाख १५ गते राति विशेष सूचनाको आधारमा धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी बिट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले धनकुटा जिल्लाको चौविसे गाउँपालिका–५ स्थित स्थानबाट ना.५ख ६१५७ नम्बरको ट्रक जाँच गर्दा
विराटनगर / संखुवासभाको तुम्लिङटारस्थित कुमाल समुदायको बस्तीमा जीवनवादी साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । प्रगतिशील लेखक संघ (प्रलेस) संखुवासभाको आयोजनामा तथा कुमाल समाज नेपाल, संखुवासभाको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिएको हो । ‘गाउँगाउँमा प्रलेस, टोलटोलमा साहित्य’ अभियानअन्तर्गत दोस्रो शृंखलाको रूपमा आयोजित कार्यक्रममा बालबालिकासँग कविता लेखन, प्रस्तुति र प्रतिस्पर्धासमेत गरिएको थियो । कार्यक्रममा ३५ जना बालबालिकालाई कापी–कलम
विराटनगर/ नयाँ वर्ष २०८२ को अवसरमा चर्चित गायक दुर्गेश थापाको प्रस्तुतिमा विराटनगरमा भव्य सांस्कृतिक तथा सांगितिक कार्यक्रम आयोजना गरिने भएको छ। साईभ इन्टरटेन्मेन्ट र वायरल इभेन्ट एण्ड इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा कार्यक्रम आगामी बैशाख २६ गते शुक्रबार, विराटनगर–८ स्थित हाटखोला खेल मैदानमा हुने भएको हो। “दुर्गेश थापा लाईभ ईन विराटनगर” नाम दिइएको यो कार्यक्रम पहिलोपटक आयोजना
विराटनगर / जसपा समाजवादी पार्टी नेपाल विराटनगर वडा नं १२ को प्रथम एतिहासिक वडा कमिटी अधिवेशन २०८२ सालको बैशाख १४ गते शनिबार भव्य रुपमा सम्पन्न गरिएको छ। कार्यक्रमको उद्घाटन जसपा केन्द्रीय सदस्य कुन्ता राईले दीप प्रज्वलन गरी गर्नु भयो। उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा बोल्दै राईले आगामी बैशाख २९ गते मोरङमा आयोजना हुन लागेको पार्टीको
सरिता कर्मकार विराटनगर / विराटनगर १२ निवासी तथा स्केट मोरङ जिल्ला अध्यक्ष सुरज कामतका छोरा, ७ वर्षीय कुनाल कामतले थाइल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय स्केटिङ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै ११ स्वर्ण र ३ कांस्य पदक जितेर नेपाल साथै विराटनगरको शिर उच्च बनाएका छन्। कुनाल कामतले २०८१ साल असोज १ गतेदेखि असोज ८ गतेसम्म थाइल्याण्डमा आयोजना भएको स्केट