विराटनगर । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–३ स्थित क्षेत्रबाट ठूलो परिमाणमा लागू औषध गाँजा बोकेको भारतीय नम्बर प्लेटको कार प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार असार २१ गते राति सवा २ बजे अस्थायी प्रहरी चौकी नडाहाबाट गस्तीमा खटिएको टोलीले सडक छेउमा शंका लाग्दो अवस्थामा पार्क गरिएको MH 02 BP 9742 नम्बरको कार जाँच गर्ने क्रममा कारको
विराटनगर। सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही सकारात्मक काम भए पनि अझै धेरै सुधारको खाँचो रहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले विद्यार्थीलाई देशको अवस्था न त अत्यधिक नकारात्मक न त अत्यधिक सकारात्मक रूपमा बुझ्न आग्रह गरे। उनले वर्तमान अवस्थालाई तटस्थ र विवेकपूर्ण ढंगले विश्लेषण गर्न विद्यार्थीलाई सुझाव दिए।
विराटनगर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विराटनगर किङ्ग्सबाटै खेल्ने भएका छन्। विराटनगर किङ्ग्सले शनिबार सामाजिक सञ्जालमार्फत सन्दीपलाई मार्की खेलाडीका रूपमा रिटेन गरिएको जानकारी गराएको हो। पहिलो सिजनमा सन्दीपले विराटनगर किङ्ग्सको कप्तानी समेत सम्हालेका थिए। एनपीएलको पहिलो संस्करणमा विराटनगरको प्रदर्शन खासै प्रभावशाली रहेको थिएन। टोलीले ७ खेलमध्ये
विराटनगर । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने नयाँ कर्मचारीलाई पेन्सन र उपदान नदिने निर्णय गरेको छ। त्यसको सट्टा उनीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समावेश गरिने भएको हो। अर्थ मन्त्रालयले शुक्रबार सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति र प्रतिष्ठानहरूलाई परिपत्र गर्दै सो निर्णयको जानकारी गराएको हो। मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागू
विराटनगर । लेबनानको राजधानी बेरुतको दक्षिणस्थित खाल्देह राजमार्गमा इजरायली ड्रोन आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। लेबनानको राष्ट्रिय समाचार एजेन्सीले दिएको जानकारी अनुसार उक्त आक्रमणले राजमार्ग क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। आक्रमण बेरुत अन्तर्राष्ट्रिय विमानस्थलबाट केही किलोमिटर टाढा भएको हो। यसले राजमार्गमा भारी ट्राफिक जामको अवस्था सिर्जना गराएको
विराटनगर । अमेरिकाको टेक्सास राज्यमा शुक्रबार राति भीषण वर्षापछि आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण हालसम्म २४ जनाको ज्यान गएको छ भने २५ जना अझै बेपत्ता रहेको बिबिसीले जनाएको छ। बाढीबाट सबैभन्दा बढी क्षति टेक्सासको केर काउन्टी क्षेत्रमा भएको बताइएको छ। गभर्नर ग्रेग अब्बटले उद्धृत गर्दै बिबिसीले जनाएअनुसार बाढीग्रस्त क्षेत्रमा रातभर उद्धार
विराटनगर । काठमाडौं महानगरपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ठूलो संख्यामा विद्यार्थी ननग्रेडेड (NG) भएपछि गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई त्यसको कारण खोज्न आग्रह गरेको छ। कामपाका उपप्रमुख सुनिता डंगोलले तीन वर्षदेखि अपेक्षित नतिजा नआएका तथा यो वर्ष ५० प्रतिशतभन्दा बढी विद्यार्थी ननग्रेडेड भएका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग छलफल गर्दै उनीहरूलाई नेतृत्वदायी
विराटनगर। लोकप्रिय हास्य सिरियल ‘मेरी बास्सै’ मार्फत ‘अप्सरा आमा’को भूमिका निभाएर दर्शकमाझ अत्यन्त प्रिय बनेकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। लामो समयदेखि बिरामी रहेकी श्रेष्ठको शुक्रबार राति काठमाडौंको कपनस्थित निवासमा निधन भएको हो। श्रेष्ठको अन्त्येष्टि शनिबार बिहान पशुपति आर्यघाटमा पारिवारिक र सांस्कृतिक विधिअनुसार सम्पन्न हुने परिवारले जानकारी दिएको छ। श्रेष्ठ स्तन क्यान्सरसहित अन्य स्वास्थ्य
विराटनगर । उसु संघ मोरङको आयोजनामा शुक्रबारदेखि कोशी प्रदेशस्तरीय उसु प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले खेलकुदले व्यक्तिको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले खेलकुदले मानिसलाई अनुशासित बनाउनुका साथै स्वस्थ बनाउने उल्लेख गर्नुभयो । मेयर कोइरालले
काठमाडौं। चलचित्र ‘कुम्भ’ को प्रदर्शन मिति तय भएको छ। लामो समयदेखि म्युजिक भिडियो निर्देशन र चलचित्र छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र मंसिर १२ गतेदेखि देशभर रिलिजमा आउनेछ। ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्र नेपाली र हिन्दि भाषामा रिलिज हुनेछ। चलचित्रमा दक्षिण भारतीय