Category: समाचार

हमासले ‘बिदाइ तस्बिर’ सार्वजनिक, नेपाली बिपिन जोशी पनि समावेश

विराटनगर । हमासले गाजामा रहेका इजरायली बन्धकहरूको ‘बिदाइ तस्बिर’ भन्दै ४८ जनाको तस्बिर सार्वजनिक गरेको छ। सार्वजनिक तस्बिरमा नेपालका बिपिन जोशी पनि समावेश छन्। तर उक्त तस्बिरमा कति जीवित र कति मृत छन् भन्नेबारे केही जानकारी खुलाइएको छैन। हमासले तस्बिर बाहिर ल्याए पनि बन्धकहरूको वास्तविक अवस्था अझै स्पष्ट हुन सकेको छैन। इजरायली अधिकारीहरूले गाजामा अझै

काेशी ब्यारेजको पुलबाट पुरुषले हामफाले, खोजीमा जुट्याे सशस्त्र प्रहरीको DM टोली

बिराटनगर । सुनसरी र सप्तरीलाई जोड्ने काेशी ब्यारेजको पुलबाट एक पुरुषले हामफालेकाे घटनापछि सशस्त्र प्रहरीको DM टोली खटिएको छ। भण्टाबारीका डिएसपी केदार जंग थापाका अनुसार झापाको लखनपुर–१ निवासी ६२ वर्षीय लैन बोर थापाले आज दिउँसो करिब १ः३० बजे काेशी ब्यारेजको ६ नम्बर ढोकाबाट हामफालेका हुन्। स्थानीयले देखेर जानकारी गराएपछि प्रहरी र सशस्त्र प्रहरी खटिएको उनले

चुच्चे नक्साको ‘ओरिजिनल स्केच’ सुरक्षित

विराटनगर । कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको चुच्चे नक्साको ‘ओरिजिनल स्केच’ जेन जी आन्दोलनका क्रममा पनि सुरक्षित रहेको खुलेको छ। गत भदौ २४ गते भएको आन्दोलनले सरकारी कार्यालयमा टाँसिएका नक्सामा क्षति पुर्‍याए पनि मूल स्केच भने सुरक्षित रहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार तत्कालीन प्राविधिक कर्मचारीहरूले स्केल, प्रोजेक्सन सिस्टम र कोअर्डिनेट सिस्टम मिलाएर नयाँ नक्सा

मेयर बालेन र हर्कलाई मर्यादामा बस्न मेयर भट्टराईको आग्रह

विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई मर्यादामा बस्न दिक्तेल रुपाकोट मजुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आग्रह गरेका छन्। पछिल्लो समय दुई मेयरबीच सामाजिक सञ्जालमार्फत देखिएको कटाक्ष र टिकाटिप्पणीले स्थानीय सरकारको छवि धूमिल भएको भन्दै उनले असन्तुष्टि जनाएका छन्। “भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा तत्कालीन

दैलेखमा लेखा अधिकृत घुससहित पक्राउ

विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दैलेखको डुङ्गेश्वर गाउँपालिकामा कार्यरत लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई घुससहित नियन्त्रणमा लिएको छ। आयोगका अनुसार कार्कीले गाउँपालिकामा सम्पन्न सडक स्तरोन्नति र निर्माण योजनाको अन्तिम बिल भुक्तानीका क्रममा सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस माग गरेको उजुरीका आधारमा टोली खटिएको थियो। आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार कार्कीले सेवाग्राहीसँग सो घुस रकम

कुन कुन स्थानमा आज बर्षा हुने?

विराटनगर । मनसुनको न्यून चापीय रेखा पश्चिम क्षेत्रमा सरदर स्थानभन्दा दक्षिणतर्फ र पूर्वमा सरदर स्थानकै आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका बाँकी पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी तराई भू-भागमा आंशिक बदली रहनेछ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश र

उदयपुरमा ट्याक्टर चोरीमा संलग्न तीन जना पक्राउ

विराटनगर । उदयपुर प्रहरीले ट्याक्टर चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। त्रियुगा नगरपालिका–१३, बहेडवाका देवनारायण चौधरीको घर अगाडि पार्किङ गरी राखिएको स १ त २८२३ नम्बरको ट्याक्टर बिहीबार दिउँसो करिब १ः०० बजे हराएको थियो। चोरी भएको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले खोजतलास गर्दा १४ घण्टाभित्रै ट्याक्टरसहित संलग्नहरूलाई नियन्त्रणमा लिन

टुँडिखेलमा संविधान दिवसको मूल समारोह, शीर्ष नेताहरू अनुपस्थित

विराटनगर । संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा मूल समारोह आयोजना गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायत सहभागी भए। तर अघिल्ला वर्षजस्तै अन्य पूर्वप्रधानमन्त्रीहरू भने समारोहमा देखिएनन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा,

संविधान दिवसमा एमालेद्वारा च्यासलमा कार्यक्रम, ओली अनुपस्थित

विराटनगर । नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको सञ्चालन पार्टी महासचिव शंकर पोख्रेलले गरेका थिए भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्षता गरेकी थिइन्। कार्यक्रममा प्रमुख वक्ताका रूपमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गरेका थिए। पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने कार्यक्रममा सहभागी भएका छैनन्।

ओलीद्वारा जेनजी प्रदर्शनमा ‘घुसपैठ’ र ‘विध्वंसकारी षडयन्त्र’को आरोप — स्वतःचालित हतियारप्रयोगको छानबिन माग

विराटनगर । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालै जेनजी (JEN-G) समूहद्वारा आयोजना गरिएको प्रदर्शनमा घुसपैठ भई हिंसा फैलिएको र त्यसपछि युवाहरूको ज्यान गएको बताएका छन्। संविधान दिवसका अवसरमा दिइएको आफ्नो शुभकामना सन्देशमा उनले घटनाको सत्यतथ्य पत्ता लगाउन स्वतःचालित हतियार प्रयोगसम्बन्धी छानबिन हुनुपर्ने जोड दिएका छन्। ओलीले सोही सन्देशमा भनेका छन्, “गत साता